Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारट्रक दुर्घटना हुँदा एकको मृत्यु, आठ घाइते

ट्रक दुर्घटना हुँदा एकको मृत्यु, आठ घाइते


मलेखु (धादिङ) । पतेनीबाट मल लिएर जाँदै गरेको बा३ख ८९४७ नम्बरको मिनी ट्रक धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेको दाउने खोलामा दुर्घटना हुँदा एकै घरका पाँचसहित आठजना घाइते भएका छन् भने एक बालकको मृत्यु भएको छ ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार ओरालो बाटोमा ब्रेक फेल भएर दुर्घटनामा परेको हो । नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयले घटनास्थलबाट घाइतेको उद्धार गरी अस्पतालतर्फ पठाएका छन् । प्रहरीले घाइते तीन जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया