Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवैदेशिक रोजगारीबाट फर्केकालाई लगानीको अवसर

वैदेशिक रोजगारीबाट फर्केकालाई लगानीको अवसर


सुरेश राउत
काठमाडौँ, जेठ ३०
वैदेशिक रोजगारीमा रहेका वा रोजगारीबाट फर्केका नेपाल नागरिकहरुको लागि राष्ट्र बैंकले बचतपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुुसार वैदेशिक रोजगारीबाट प्राप्त आयलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने उद्देश्यसहित आकर्षक ब्याजमा ४० करोड रुपैयाँबराबरको बचतपत्र बिक्री गर्न लागिएको हो ।

पाँच वर्षे अवधिको वैदेशिक रोजगार बचतपत्र २०८२ (पाँच वर्षे) जारी गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यही असार २१ गतेसम्म खरिद गर्न सकिने बचतपत्रको निष्काशन मिति २०७७ वैशाख २७ गते, २०७७ जेठ २७ गते र २०७७ असार २७ गते तोकिएको छ । सावाँ भुक्तानी मिति भने २०८२ वैशाख २८ गते, २०७७ जेठ २८ र २०७७ असार २८ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार वार्षिक १० प्रतिशत ब्याजदर तोकिएको र ब्याजकर लाग्ने बचतपत्रको ब्याज भुक्तानी प्रत्येक अर्धवार्षिकरुपमा हुुनेछ । बचतपत्र खरिदका लागि वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर–आवासीय नेपालीहरुले आवेदन दिन सक्नेछन् ।

राष्ट्र बैंकका अनुसार बचत पत्रको लागि खरिद गर्न पाउने सीमा घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म तोकिएको छ । बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आपूm वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र)को नाममा खरिद गर्न सक्नेछन् भने खरिद गरिएको बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन÷दिन समेत सकिनेछ ।

बचतपत्र खरिदको लागि प्रभुु बैंक, नबिल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, सेञ्चुरी कमर्सियल बैंक, सनराइज बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, माछापुुच्छे« बैंक, प्रभुु मनी ट्रान्सफर, सेवा रेमिट प्रालि र सिटी एक्सप्रेस मनी ट्रान्सफरसहितका ११ वटा संस्थाहरु तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको कारोबार पूर्णरुपमा खुल्ला : सरकारले अब बैंक तथा वित्तीय संस्थाहरु पूर्णरुपमा खोल्न दिने भएको छ । सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले बुुधबार भएको मन्त्रिपरिषद्को निर्णय बिहीबार सार्वजनिक गर्दै सोही दिनदेखि बैंक तथा वित्तीय संस्थाहरु पूर्ण रुपमा खुला हुने जानकारी दिएका हुुन् । पूर्णरुपमा लकडाउन हुँदा एक तिहाइ मात्र कर्मचारीहरुको उपस्थितिमा बैंक तथा वित्तीय संस्थाहरुले वित्तीय सेवा उपलब्ध गराउँदै आएका थिए । अब भने सबै किसिमका बैंक तथा वित्तीय संस्थाहरुले पूर्ण क्षमतामा वित्तीय सेवा उपलब्ध गराउने अर्थमन्त्री डा. खतिवडाले जानकारी दिए ।

राजस्व बुुझ्ने प्रयोजनको विदाका दिनमा पनि बैंक खोल्न निर्देशन : नेपाल राष्ट्र बैंकले राजस्व बुुझ्ने प्रयोजनका लागि सार्वजनिक शनिबारलगायतका जुुनसुुकै दिनको सार्वजनिक विदाका दिनमा पनि बैंकहरुको काउन्टर खुल्ला राख्न बैंकहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका २३ वटा विकास बैंक र २२ वटा फाइनान्स कम्पनी समेतको नाउँमा परिपत्र जारी गर्दै काउन्टर खुुल्ला राख्न निर्देशन दिएको हो ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारणले सिर्जना भएको असहज परिस्थितिको सन्दर्भमा करदाताहरुले बुुझाउनुुपर्ने कर सहजरुपमा बुुझ्ने व्यवस्था गर्न यही जेठ ३२ गतेसम्म सबै किसिमका सार्वजनिक विदामा दिनहरुमा पनि बैंक खोल्न निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ । सोअनुुरुप नेपाल राष्ट्र बैंकलगायत राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुका सम्पूर्ण राजस्व संकलन गर्ने शाखा तथा काउन्टर एवं बैंकको क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरलगायत नेपाल क्लियरिङ हाउस पूर्णकालीनरुपमा खुल्ला गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

विश्व बैंकद्वारा नेपालको लागि ५४ अर्ब २८ करोडको ऋण स्वीकृत : विश्व बैंकले नेपालको लागि ५४ अर्ब २८ करोड रुपैयाँबराबरको ऋण स्वीकृत गरेको छ । विश्व बैंकका कन्ट्री म्यानेजर फारिस हदाद जर्वोसका अनुसार कोरोना भाइरस (कोभिड १९) का कारण स्थानीय उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा बजारीकरणको विस्तारमार्फत कोरोनाबाट परेको क्षति कम गर्नको लागि पूर्वाधार क्षेत्रमा लगानी गर्न उक्त परिमाणको ऋण स्वीकृत गरिएको हो ।

जर्वोसका अनुसार सडक पूर्वाधार निर्माणअन्तर्गत विभिन्न सडक पूर्वाधारको स्तरोन्नतिबाट सुरक्षित यातायातको विकास, थप रोजगारी सिर्जना र अन्तर्देशीय व्यापारका माध्यमबाट कोरोना भाइरसले अर्थतन्त्रमा पारेको असर न्यूनीकरणको लागि उक्त ऋण रकमले सहयोगी हुुनेछ । विश्व बैंकका अनुसार यो रकम नेपालको रणनीतिक सडक आयोजनाअन्तर्गत नागढुंगा, नौबीसे, मुग्लिङ सडक सुधार, कमला, ढल्केवर, पथलैया सडक आयोजनाको स्तरोन्नतिको लागि खर्च हुुने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया