Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन

नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन


वीरगञ्ज (पर्सा) । नेकपा एमाले पर्सा जिल्लाको नवौँ अधिवेशनबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन भएका छन् ।

नवौँ अधिवेशनमा अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दाबी गरेका थिए । तर अन्तिम समयमा आएर अध्यक्षका दुई प्रत्यासी जयप्रकाश थारु र हनिफ मियाँले उम्मेदवारी फिर्ता लिएसँगै शर्मा अध्यक्षमा चयन भएका हुन् ।

अध्यक्ष पदमा निर्विरोध भए पनि अन्य पदाधिकारी पदमा भने शुक्रबार निर्वाचन हुने कार्यतालिका छ । प्रमुख निर्वाचन अधिकृत भोजराज ढकालले एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव पदका लागि शुक्रबार मतदान हुने कार्यक्रम रहेको बताए । उपाध्यक्ष पदमा लालबाबु शेख र मनोज गुप्ताको उम्मेदवारी परेको छ ।

पाँच पदाधिकारीसहित एक सय २७ सदस्यका लागि निर्वाचन हुन लागेको हो । सचिव पदमा महेश दास र नवराज शर्माको उम्मेदवारी परेको छ । पर्सा जिल्लामा १४ वटा पालिका छन् । तीमध्ये ११ पालिकाबाट जिल्ला सदस्यमा सर्वसम्मत चयन भएका छन् । वीरगञ्ज, पर्सौनी र पर्सागढी पालिकाबाट जिल्ला सदस्य पदमा अहिलेसम्म सर्वसहमत हुन सकेको छैन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया