Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारइलाका सोताङको भवन निर्माणका लागि करिब ४ करोड रूपैयाँ स्वीकृत

इलाका सोताङको भवन निर्माणका लागि करिब ४ करोड रूपैयाँ स्वीकृत


महेन्द्र शाही
सोलुखुम्बु, जेठ ३२
इलाका प्रशासन कार्यलय सोताङको भवन निर्माणका लागि करिब चार करोड रूपैयाँ स्वीकृत भएको छ । कार्यालय प्रमुख विनोद गौतमका अनुसार भवन निर्माणका लागि गृह मन्त्रालयमार्फत करसहित तीन करोड ९६ लाख २३ हजार चार सय ६१ रूपैयाँ प्राप्त भएको छ । २०७६ साल वैशाख ६ गते कार्यालयको नाममा करिब एक करोड मूल्यबराबरको ३ रोपनी जग्गा प्राप्त हुनासाथ भवन निर्माणको लागि आफुले पहल गरेको प्रमुख गौतमको भनाइ छ । सोताङ गाउँपालिका ५ का स्थानीय सुर्जबहादुर बस्नेत र सिताराम बस्नेतले कार्यालयको नाममा निःशुल्क जग्गा रजिष्ट्रेशन पास गरिदिएका थिए ।

उक्त जग्गा प्राप्त हुनासाथ नक्सा डिजाइन तथा माटो परीक्षणको लागि ५० लाख प्राप्त भएको थियो । कार्यलयको पहलमा प्राप्त बजेटमध्ये सात लाख खर्च भइसकेको छ भने बाँकी ४३ लाख आगामी वर्ष खर्च हुने बताइएको छ । भवन निर्माण हुने भएपछि भाडाबापत हाल भइरहेको वार्षिक ८० हजार खर्च समेत बचत हुने कार्यालय प्रमुख गौतमको भनाइ छ । आफ्नै भवन निर्माण भएपछि सेवा प्रवाहमा पनि सहज हुने उनको भनाइ छ ।

२०७३ सालमा स्थापना भएको इलाका प्रशासन कार्यालयबाट जिल्लाको कोशीपारिका सोताङ र महाकुलुङ गाउँपालिकाका स्थानीयले सेवा लिने गरेका छन् । कार्यालयमा अहिले प्रयाप्त मात्रामा कोठाहरू नहँुदा साँघुरो ठाउँबाट सेवा प्रभाव भइरहेको छ । भनव निर्माणका लागि आफू आए पनि निरन्तर प्रयास गरेको र जग्गा प्राप्तिमा सफल भएपछि अहिले बजेट पनि प्राप्त भएकाले भनव निर्माण हुने सुनिश्चित भएको गौतमको भनाइ छ । सेवा दिने सरकारी निकाय पहिले आफैँ व्यवस्थित हुनुपर्ने उनको तर्क छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया