Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठफोटो ग्यालरीक्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा नेपाल परेड कार्यक्रम सम्पन्न

क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा नेपाल परेड कार्यक्रम सम्पन्न


अमेरिका क्यालिफोर्निया सानफ्रान्सिस्को। हालै क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा नेपाल परेड कार्यक्रम सम्पन्न भएको छ । उक्त डे परेड गैर आवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टरले आयोजना गरेको थियो ।

एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरि ओझाका अनुसार डे परेडमा ४ हजार भन्दा धेरै नेपालीहरु सहभागी भएका थिए । परेडमा सहभागीहरुले आ आफ्नो संस्कृति र परम्परा झल्कने भेषभूषामा सजिएका थिए । बोर्ड अफ डाइरेक्टर जनक राज ढुङ्गाना अनुसार नेपाल र नेपाली संस्कृतिलाई अमेरिकासामु पहिचान दिने उदेश्यका साथ परेडको आयोजना गरिएको थियो । नेपाल डे परेड विशेष कार्यक्रम अप्रिल १४ मा सानफ्रान्सिस्कोको सिटीहलमा ११ बजेदेखि सुरु भएको थियो ।

सिटीहलबाट सुरु भएको डे परेड स्थानीय मार्केट स्ट्रिटमा जम्मा भएर मनाइएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेपाली महहावाणिज्य दूत ॠषि ढकाल, विशेष अतिथि एनआरएनएका सभापति अर्जुन बञ्जाडे रहेका थिए । परेडलाई अमेरिकी राष्ट्रपति जो बाइडेनका एसियन अमेरिकन सल्लाहकार अजय भुटोरियाले सम्बोधन गरेका थिए । यसका साथै क्यालिफोर्निया राज्यका विभिन्न सिटीका मेयरहरुको समेत सहभागिता थियो । कामको शिलशिलामा विदेशमा बस्नु परेता पनि हामी सबै नेपालीहरु एकताबद्ध र एकजुट छों भन्ने सन्देश दिन पनि कार्यक्रमले सहयोग गरेको अध्यक्ष हरी ओझाले बताए । परेडमा नेपाली कला संस्कृति झल्कने झाँकी प्रदर्शन र कल्चरल इभेन्टसमेत भएको थियो ।

नेपाली चर्चिच क्रिकेटर पारस खड्कासमेत डे परेडमा सहभागी भएका थिए । परेड सम्पन्न गर्नमा एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरि ओझा, आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाका अध्यक्ष प्रकाश लामा, बेष्ट रिजनका विष्णु केसी, उत्तम कार्की लगायतकाहरुको विषेश योगदान रहेको बताइएको छ ।

कार्यक्रममा अमेरिकाको विभिन्न स्थानमा रहेका एनआएनएन च्याप्टरबाट पनि उल्लेख्य मात्रामा सहभागिता थियो । एनआरएनए एनसीसीका अध्यक्ष डा। अर्जुन बञ्जाडेसहितका पदाधिकारी र बीओडीहरुको सहभागिता थियो ।
कार्यक्रम मा अमेरिकी डलर छण्ण्ण्ण् खर्च भएको कोषाध्यक्ष तेजेन्द्र बरालले बताए ।

गत अप्रिल १२ र १३ मा सर्वाधिक पुरस्कार राशी भएको एनआरएनए भलिबल कप समेत आयोजना गरिएको थियो । उक्त कपको उपाधि टेक्ससले जितेको थियो । यसले १२ हजार डलर पुरस्कार हात पारेको थियो । कार्यक्रमलाई सफल बनाउन अमेरिकाको विशेष गरी क्यालिफोर्नियामा नेपालीहरु संलग्न रहेका संघ सस्थाहरुले समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कार्यक्रम लाइ पर्यटन मन्त्री हितबहादुर तामांग ले सुभकामना ब्यक्त गरेका थिए ।

 

 

 

 

 


क्याटेगोरी : फोटो ग्यालरी, बिबिध, समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x