Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशप्राइम सहकारीकाे एक अर्व ५४ कराेड हिनामिना, अध्यक्ष कार्कीसहित आठ पक्राउ

प्राइम सहकारीकाे एक अर्व ५४ कराेड हिनामिना, अध्यक्ष कार्कीसहित आठ पक्राउ


पोखरा । पोखरा महानगरपालिका वडा नं. ४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको निक्षेप रकम अपचलन गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष पोखरा-१४ चाउथेका ४३ वर्षीय शङ्कर कार्की, निर्वतमान अध्यक्ष पोखरा-४ गैहपाटनका ६६ वर्षीय निदेशप्रसाद कोइराला, सहकारीका व्यवस्थापक पोखरा-११ का निरु थापा केसी, कर्मचारी प्रमुख पोखरा-२७ अर्चलेका ३७ वर्षीय सुरेन्द्रमणि पौडेल छन् ।

यसैगरी सहकारीका कानुनी सल्लाहकार पोखरा-१३ का ५३ वर्षीय इन्द्रप्रसाद बराल, पूर्वकोषाध्यक्ष पोखरा-३० निवासी ५२ वर्षीय कुलदिप भट्टराई, कर्जा अधिकृत पोखरा-३० का ३० वर्षीय सुनिल थापा र शेयर सदस्य एवं सल्लाहकार पोखरा-८ का ६९ वर्षीय मानबहादुर गुरुङ पनि पक्राउ परेका छन् ।

सहकारी रजिष्ट्रारको कार्यालय पोखराका अनुसार सहकारीका अध्यक्ष, पूर्वपदाधिकारी तथा सञ्चालक समितिका पदाधिकारीले निक्षेपकर्ताको रु एक अर्ब ५४ करोड १५ लाख आठ हजार एक सय ४२ अपचलन गरेका छन् । सो रकम सहकारीको दुई हजार तीन सय सदस्यको भएको खुलेको छ । यस प्रकरणमा ५५ जना संलग्न रहेको पाइएको छ ।

सहकारीका सञ्चालक समितिका पदाधिकारी समेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको उजुरीपछि कास्की प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिए ।

सञ्चालक समितिका पदाधिकारीसमेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम अपचलन गरेको भनी सहकारी रजिष्ट्रारको कार्यालय पोखराको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रनाउ शर्माले बताए ।

सहकारी रजिष्ट्रारको कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी बचतकर्ताको रकम अपचलन तथा हिनामिनाका बारेमा सहकारी ऐन, २०७४ बमोजिम अनुसन्धान गर्न आग्रह गरेको थियो ।

यसैगरी प्रहरीले सहकारीका बचतकर्तालाई सार्वजनिक सूचनामार्फत उजुरीको आह्वान गरेको छ । आगामी जेठ २० गतेभित्र आफ्नो बचतको प्रमाण खुल्ने कागजातसहित उजुरी दिन प्रहरीले आग्रह गरेको छ ।

२०६६ सालमा पंथीगल्लीबाट सेवा सुरुआत गरेको सहकारीले केही वर्षमै गैह्रापाटनमा आफ्नै भवनमा सरेको थियो ।

सहकारीले लेखनाथको तालचोक नजिकै आफ्नै भवनबाट शाखा कार्यालयकोरुपमा सेवा केन्द्र सञ्चालन गर्दै आएको थियो ।

कास्की, तनहुँ र गोरखा जिल्ला कार्यक्षेत्र रहेको सहकारीले दुई वर्ष अघि कास्कीको नयाँपुल, पोखराको बगरमा पनि सेवा केन्द्र खोलेको थियो । केही महिनादेखि नै सहकारीका सबै प्रकारका कारोबार बन्द छ ।


क्याटेगोरी : समाचार, गण्डकी प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x