Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेकपा एमाले तनहुँको अध्यक्षमा कँडेल विजयी

नेकपा एमाले तनहुँको अध्यक्षमा कँडेल विजयी


दमौली (तनहुँ) । तनहुँको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) हरिराज कँडेल विजयी भएका छन् । मङ्गलबार राति सम्पन्न अन्तिम मतपरिणामअनुसार दुई सय ९२ मत प्राप्त गरी उनी विजयी भएका हुन् ।

दुई सय चार मत अध्यक्षका प्रतिस्पर्धी विष्णुभक्त सिग्देलले प्राप्त गरेको निर्वाचन कमिटीका अध्यक्ष पदमलाल लामिछानेले जानकारी दिए । यसैगरी, उपाध्यक्षमा राजेश्वर ढकाल, सचिवमा प्रदीपराज अधिकारी, उपसचिव खुलामा खिमबहादुर कुमाल, उपसचिव महिलामा सुनिता नेपाली विजयी भएका छन् ।

पाँच सय ८५ मतदातामध्ये पाँच सय ६० जनाले मतदान गरेका थिए । अधिवेशनले ९९ सदस्यीय जिल्ला कमिटी र पाँच सदस्यीय लेखा कमिटी निर्वाचित गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x