Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरियाले हरित रोजगारीका निम्ति ९८ लाख डलर दिने

कोरियाले हरित रोजगारीका निम्ति ९८ लाख डलर दिने


काठमाडौँ । पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति कोरिया सरकारले ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले हस्ताक्षर गरेका हुन् ।

उक्त रकम कोरियाली अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका)मार्फत पोखरा महानगरपालिकालाई प्रदान गरिनेछ । महानगरपालिकासँगको सहकार्यमा फोहरमैला व्यवस्थापनका माध्यमबाट हरित रोजगारी सिर्जना गरिनेछ । हरित रोजगारी परियोजना राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)मार्फत सञ्चालन हुनेछ ।

सो अवसरमा नेपालको सामाजिक–आर्थिक विकासमा कोरियाबाट निरन्तर सहयोग प्राप्त भएकामा अर्थसचिव मरासिनीले कृतज्ञता व्यक्त गरे ।

राजदूत पार्कले कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको सन्दर्भमा आपसी सहयोग विस्तारमा जोड दिइएको उल्लेख गर्दै नेपाल कोरियाको प्राथमिकताप्राप्त देश हो भने । उनले परियोजनाका माध्यमबाट नेपालको आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x