Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदोलखाको मेलुङमा मलामी बोकेको बोलेरो दुर्घटना हुँदा ११ जना गम्भीर घाइते

दोलखाको मेलुङमा मलामी बोकेको बोलेरो दुर्घटना हुँदा ११ जना गम्भीर घाइते


दोलखा । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीमा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।छिमेकी शैलुङ गाउँपालिका वडा नम्बर ८ ढाँडे कुनेबाट मलामी र दाउरा लिएर तामाकोशी तर्फ आइरहेको बागमती प्रदेश ०१,०२६ च ९८१३ नम्बरको बोलेरो गाडी सत्यश्वर–सिम्टे सडक खण्डको भटमासेमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

दुर्घटनामा परी गाडीमा सवार सबै घाइते भएको र उनीहरु मध्ये ३ जना बाहेक अन्य ११ जना गम्भीर घाइते भएको मेलुङ गाउँपालिका(१ का वडा अध्यक्ष ईश्वर कोइरालाले बताए। घाइतेहरुको नाम खुलेको छैन तर उनीहरु शैलुङ ८ ढाँडे र मेलुङ(३ कुने आसपासका भएको बताइएको छ । ओरालो सडकमा दाउरा र क्षमता भन्दा बढी मानिस सवार भएकोले ब्रेक फेल भएर अनियन्त्रित भइ गाडी दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

घटनास्थलमा प्रहरी पुगेको छैन तर स्थानीयबासीले घाइतेको उद्धार गरी सदरमुकाम चरिकोट तर्फ पठाइसकिएको वडा अध्यक्ष कोइरालाले भने,आफू घटना स्थलबाट बाहिर रहेकोे र दुर्घटनाको जानकारी पाउनसाथ काठमाडौबाट दोलखा आउदै गरेको उनले बताए।दुर्घटनाको थप विवरण आउन बाकी रहेकोे छ्।घाइते प्रायः सबैको टाउको हातखुट्टा र शरीरका विभिन्न अंगमा गम्भीर चोट लागेको बताइएको छ।

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x