Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिप्रधानमन्त्री र सभामुखबीच संसद्को अवरोध हटाउन छलफल

प्रधानमन्त्री र सभामुखबीच संसद्को अवरोध हटाउन छलफल


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य गर्ने सम्बन्धमा बुधबार छलफल भएको छ ।

सभामुख घिमिरेले प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विचाराधीन विधेयकहरू पारित हुन नसकिरहेका बेला भइरहेको निरन्तरको अवरोधले जनस्तरमा सदनप्रति वितृष्णा फैलिएको बताएका सभामुखको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार सरकारमा सहभागी राजनीतिक दलका नेताहरूको बैठक बुधबार गर्ने तयारी भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले भोलि बिहीबारको प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरोध नहुने गरी संसद् सञ्चालनको निर्णयमा पुगिने सभामुखलाई बताए ।


क्याटेगोरी : राजनिति, समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x