Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा लक्ष्यको ९० प्रतिशत राजस्व संकलन

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा लक्ष्यको ९० प्रतिशत राजस्व संकलन


विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको १० महिनामा लक्ष्यको ९० प्रतिशत राजस्व संकलन गरेको छ । पछिल्लो समय आर्थिक क्षेत्र नै तहसनहस भएको बेलामा पनि कार्यालयले लक्ष्यबमोजिम नै राजस्व संकलन गर्न सफल भएको हो ।

आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको यो दश महिनामा संकलन गरेको राजस्वको तथ्यांक हेर्दा क्रमशः राजस्वमा वृद्धि हुँदै गएको छ । वैशाख मसान्तसम्ममा सात अर्ब २३ करोडको लक्ष्य लिएकोमा छ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डीबी क्षेत्रीले जानकारी दिए । यो राजस्वको वृद्धिदर गत आर्थिक वर्षको भन्दा बढी भएको भएको समेत उनले जानकारी दिए । आराका विराटनगरले चालू आवको बैशाख मसान्तसम्ममा अन्तः शुल्कतर्फ दुई अर्ब १४ करोड, आयकरतर्फ पनि दुई अर्ब २१ करोड र मुअकरतर्फ एक अर्ब ८८ करोड रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ ।

आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा डीबी क्षेत्रीका अनुसार चालू आर्थिक वर्षमा प्राइभेट कम्पनीहरूले बुझाउनुपर्ने आयकर राजस्व भने निकै नै घटेको छ । घरजग्गा किनबेचबाट हुने मुनाफा र सेयर कारोबारबाट आउने करमा समेत चालुू आवमा ब्यापक राजस्व घटेको उनले बताए । त्यस्तै, बिक्री वितरणबाट आउने कर पनि घटेको छ । ठेक्का तथा परामर्शबाट आउने करदेखि अन्य औद्योगिक उत्पादनबाट आउने करमा समेत राजस्व संकलन कम भएको छ । तर पनि अहिलेसम्मको कर संकलनको समग्र स्थितिलाई हेर्दाखेरी राजस्व संकलन निराशाजनक नभै सन्तोषजनक नै भएको प्रमुख क्षेत्रीको भनाइ रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x