Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारओमानबाट आज स्वदेश फर्किंदै नेपाली, दोस्रो चार्टर्ड उडान तालिका परिवर्तन

ओमानबाट आज स्वदेश फर्किंदै नेपाली, दोस्रो चार्टर्ड उडान तालिका परिवर्तन


काठमाडौं, असार १
ओमानमा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी भइरहँदा दोस्रो हवाई चार्टर्ड उडान तालिकामा परिवर्तन भएको छ । उडान तालिका परिवर्तन भएसँगै ओमानमा रहेका नेपालीहरु असार ४ गते स्वदेश फर्किन पाउने भएका छन् । त्यसैगरी ओमानमा रहेका नेपालीहरुलाई प्राथमिकताको आधारमा पहिलो चरण अर्थात् पहिलोपटक सोमबार स्वदेश फर्किँदै छन् । दूतावासले सलाम एअरमार्फत ओमानमा रहेका नेपालीलाई फर्काइने भएको छ । फर्किन चाहनेले सलाम एअर कलसेन्टर २४२७२२२२ नम्बरमा सम्पर्क गर्नको लागि आग्रह गरिएको छ ।

ओमानस्थित नेपाली दूतावासले सूचना जारी गर्दै हवाइ उडान तीन दिनअघि सारेसँगै ओमानमा रहेका नेपालीहरु केही दिनअघि नै स्वदेश फर्किन पाउने भएका छन् । यसअघि एक सय ८० जना ओमानमा रहेका नेपाली नागरिकलाई असार ७ गते काठमाडौं फर्काउने तयारी गरिएको थियो भने यो दोस्रो उडान हो । दूतावासले के कारणले गर्दा नयाँ उडान मिति तय गरिएको विषयमा भने सूचनामा स्पष्ट पारेको छैन ।

यस्तै स्वदेश फर्किन चाहने नेपालीको नाम सार्वजनिक गर्दै आइतबार कोभिड १९ जाँच गराउन आग्रह गरेको छ भने चेकजाँचका लागि दूतावासले निश्चित स्थानहरु समेत तोकेको छ । त्यसैगरी दूतावासले पीसीआर जाँचमा नेगेटिभ रिपोर्ट आएकाहरु नेपाल आएर क्वारेन्टिनमा नबसी आफ्नो घर जानसक्ने बताएको छ ।

एकतर्फी उडानको भाडा ११५ ओमानी रियाल अर्थात् करिब साढे ३६ हजार २ सय रुपैयाँ तोकेको छ भने जुन पछिल्लो समय सरकारले ओमानको लागि तोकेको भाडाभन्दा सस्तो रहेको छ । ओमानको लागि सरकारले पछिल्लोपटक तीन सय ६८ अमेरिकी डलर तोकेको छ । त्यसैगरी संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका नेपालीहरु फर्काउनको लागि तय गरिएको चार्टर्ड उडान भने प्राविधिक कारणले गर्दा रद्द हुनपुगेको छ ।

यूएईस्थित नेपाली दूतावासका अनुसार प्राविधिक समस्याका कारण नेपाल एयरलाइन्सका १६ र १८ जुनमा हुने भनिएको दुई चार्टर्ड उडान रद्द गरेको बताइएको छ । यसअघि १६, १८, २० र २३ जुनमा गरी ४ वटा उडानमार्फत यूएईमा रहेका नेपालीहरु स्वदेश फर्काउने तयारी गरिएको थियो । युएईका लागि सरकाले तीन सय ७२ डलर भाडादर कायम गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया