Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल

विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल


दाङ । प्रेस चौतारी दाङले आइतबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताएका छन् । उनले वर्तमान गठबन्धन बाह्य हस्तक्षेप बिना गठन भएको बताए ।

विगतमा एमाले फुटाउन ल्याइएको २० प्रतिशतको कानुनअनुसार अहिले साना दलमा फुट आएको उनले बताए । साना दललाई नयाँ समीकरणविरुद्ध खडा गर्ने प्रयत्न भइरहेको उनले जानकारी दिए । दललाई फुटाउन अहिले २० प्रतिशत ल्याएको भनी गलत सन्देश दिन खोजिएको उनको भनाइ छ ।

संसद्मा भइरहेका गतिविधिले सुखद सन्देश नदिएको उनको धारणा छ । “आफूमाथि लागेको आरोपका विषयमा संसद्मा बोल्न पाउनुपर्छ, भन्ने कुरा अस्वीकार गर्ने कुरा उचित होइन, बोल्ने अधिकारकै लागि यत्रो बलिदानी, सङ्घर्ष भएको हो”, उनले भने, “एउटा पार्टीको सभापतिले म माथि लागेको आरोपलाई संसद्मा उभिएर बोल्न चाहन्छु भन्ने कुरालाई रोक्नु उचित होइन ।”

नेपालमा पछिल्लो समय आर्थिक सुधारका सूचक सकारात्मक रहेको उनले बताए । अब नेपालमा व्यवसायी गर्न सहज वातावरण निर्माण गर्नेतर्फ लाग्नुपर्ने महासचिव पोख्रेलको भनाइ छ । उनले टरिगाउँ विमानस्थलमा बजेट आउने गरी आफूले सरकारलाई सुझाव दिएको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x