Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबागमती प्रदेश सरकारले आ.ब.८१/०८२ मा परिणाममुखी बजेट ल्याउने

बागमती प्रदेश सरकारले आ.ब.८१/०८२ मा परिणाममुखी बजेट ल्याउने


हेटौडा,बागमती प्रदेश सरकारले यसपाली सन्तुलित र परिणाममुखी बजेट ल्याउने भएको छ। बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आयोजित आउदो आर्थिक बर्ष २०८१र०८२ बजेट तयारी सम्बन्धमा भएको छलफलमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले उक्त धारणा राखेका हुन् ।छलफलका क्रममा आएका सुझाबहरुलाई मार्गदर्शन र पूजीको रुपमा लिई आउदो बजेटमा समेटिने उनको भनाई छ ।

मन्त्री थपलियाले कर बढी लिने भन्दा पनि करको दायरा बढाउनु जरुरी रहेको बताए।यसको साथै अनावश्यक भएका चुहावट नियन्त्रण गरिने ,अनावश्यक लगानी समेत रोकी वितरणमुखी भन्दा परिणाममुखी बजेट ल्याइने उनको भनाई छ। उनले राजस्वको बाटोहरु खोल्नुका साथै खनिज पदार्थ उत्खननको लागि अध्ययन गर्न प्रस्ताब समेत पेश गरेका छन्। पुर्ब आर्थिक तथा योजना मन्त्री एवं कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामाले प्रदेश सरकारसंग स्रोत साधन कम रहेपनि गर्नुपर्ने कामको अवस्था धेरै रहेको बताए।

उनले आवश्यकताको आधारमा बजेट बनाउन र बहुबर्षीय आयोजनाहरुको स्रोत सुनिश्चित गरेर मात्र बजेट बिनियोजन गर्न सुझाव दिएका छन । नेकपा एमाले प्रदेश सभा सदस्य डा दिनेशचन्द्र देबकोटाले बनलाई उधमशिलता र उत्पादनसंग जोड्नुका साथै लाभको क्षेत्र छनोट गरि इको टुरिजममा जोड दिनुपर्ने बताए। किसान कै हातमा पैसा पर्नेगरी कृषि लगानी गरिनु पर्ने उनको धारणा थियो। नेकपा माओंवादि केन्द्रका प्रदेश सभा सदस्य युबराज चौलागाइले पर्यटन प्रबर्धनका साथै युवा केन्द्रित कार्यक्रम ल्याएर युवालाई देशमै बस्ने वातावरण बनाउनु पर्ने बताए। कार्यक्रममा राप्रपा संसदीय दलका नेता उद्दब थापाले उत्पादनमुलक बजेट बनाउनु पर्ने धारणा राखे भने एककृत समाजवादीका नेता कृष्ण खनालले अनावश्यक बजेट कटौती गर्नुका साथै उद्योग कलकारखाना खोल्न प्रोत्साहन गर्नुपर्ने बताए।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलको प्रमुख आथित्यतामा भएको कार्यक्रममा राजश्वको दर परिमार्जन ,दायरा बिस्तारका साथै अनावश्यक चालु खर्च कटौती गर्दै मितव्ययिता कायम गर्ने ,बजेट कार्यान्वयनमा प्रदेश र स्थानीय निकाय बिचको सम्बन्ध र समन्वय प्रभावकारी बनाउने,बजेटलाई सन्तुलित र मागमा आधारित बनाउने सुझाबहरुका बिषयमा छलफल भएको थियो।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x