Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगफरक मतडीएसपी थापा कतै जवाफदेही हुनुपर्दैन ?

डीएसपी थापा कतै जवाफदेही हुनुपर्दैन ?


काठमाडौं : घटनाक्रमलाई सरसर्ती हेर्दा महानगरीय प्रहरी वृत्त लैनचौर (सोह्रखुट्टे)का डीएसपी सत्यनारायण थापाका क्रियाकलाप कतै पनि दवाफदेही नभएको जस्तो स्वेच्छाचारी देखिएको छ । नियम–कानुन हातमा लिएर मनलाग्दी गर्ने छुट कसैलाई पनि हुँदैन । लोकतन्त्रमा सबैका आ–आफ्ना मर्यादा र त्यसको सीमा खिचिएको हुन्छ । कोही पनि नियम–कानुनभन्दा माथि हुँदैन । लोकतन्त्रमा विधिको शासन हुन्छ, व्यक्तिको होइन । सबै नियम–कानुनको अधीनमा रहनुपर्दछ । को कहाँको थापाकाजी हो वा स्यालकाजी हो त्यसको अर्थ रहँदैन । हतियारधारी प्रहरी यसरी गुन्डागर्दीमा संलग्न समूहका नाइकेसँग मिलेर आपसी फाइदाका लागि समाजमा रहेका बुद्धिजीवीहरुलाई लपेट्दै जाने र आफ्नो असुली धन्दालाई निर्बाध सञ्चालन गर्न कसैले योजना बनायो भने एकाध घटनामा सफलता मिल्ला तर त्यसलाई चुनौती दिने कोही न कोही समाजमा बाहिर निस्कन्छन् र तिनको धन्दा मात्रै होइन, सबै कुरा चौपट हुन्छन् ।

मैले गत वैशाख २० गते उनका हातैमा दिएको अभद्र व्यवहारको किटानी जाहेरी कार्यान्वयन नगर्न उनले गरेको छलछाम एउटा दृष्टान्त मात्र हो । मानिसमा जोसँग जस्तो गुण हुन्छ मौका पाउनासाथ प्रस्फुटित हुन्छ । मौका पर्नासाथ उनका भित्री चाहना सतहमा आएको मात्र हो । उनको दिमागमा म हतियारधारी बर्दीवाला प्रहरी हुँ, मैले जे गरे पनि हुन्छ, अहिले म देशको अत्यन्त आकर्षक ठाउँमा छु, मौका छोप्नुपर्छ भन्ने मानसिकताले काम गरेको हुनुपर्दछ । होइन भने उनले एउटा क्रियाशील पत्रकारमाथि भएको अभद्र व्यवहारको किटानी जाहेरी कार्यान्वयन नगर्न झुटमाथि झुट दोहो¥याउने थिएनन् ।

टोलेगुन्डा विजय मालीले गत वैशाख १८ गते बिहान म निवासबाट निस्कनेबित्तिकै बाटो छेकेर धम्क्यायो, लम्कीझम्की ग¥यो, अपशब्द प्रयोग ग¥यो, लल्का¥यो । मैले घटनास्थलबाटै आईजीपी सचिवालयमा जानकारी गराएँ । सचिवालयले डीएसपी थापालाई तत्काल उद्दार गर्न निर्देशन दियो । डीएसपी थापाले मलाई फोन गरेर आक्रमणको असफल प्रयास गर्ने मालीको नम्बर मागे, मैले टोलेगुन्डाको सहनाइकेलाई फोन गरेर उसको नम्बर लिएँ र डीएसपी थापालाई म्यासेज गरेँ । तर, डीएसपी थापा घटनास्थलमा आएनन् र मलाई भयभीत नहुन आश्वासन पनि दिएनन् । त्यसको भोलिपल्ट उनले आक्रमणकारी मालीसँग भेटवार्ता गरे । त्यो भेटवार्तापछि उनी एकपछि अर्को झुट बोल्दै आएका छन् । २० गते मैले दिएको किटानी जाहेरी कार्यान्वयन नगर्न उनले अहिलेसम्म भएभरको शक्ति खर्च गरिरहेका छन् ।

आईजीपी सचिवालयले जानकारी गराएको घटनामा त उनी यसरी झुटको साहरा लिएर उल्टोपाल्टो पार्छन् भने अरु सामान्य जाहेरीमा उनी के गर्दा हुन् भन्ने स्वाभाविक प्रश्न खडा भएको छ । जाहेरी लिएर उनको कार्यकक्षमा पुग्दा त्यसरी माथिसम्म पुग्नै पर्दैनथ्यो भनेर मलाई भनेका थिए र त्यही कुरा त्यसको अघिल्लो साँझ आक्रमणकारी मालीलाई डीएसपी थापासँग १९ गते भेटवार्ता र जाहेरी गरे पनि अघि नबढाउने सहमति गराउने प्रहरीका लागि सुराकी गर्न र त्यही आडमा उठौतीपुठौतीको बिचौलीया धन्दा गर्ने सुचेन मालीले भनेका थिए । यी दुवैको मुखबाट एउटै कुरा आएपछि घटना कता मोडिएको हो भन्ने मैले लख काटिसकेको थिएँ । मैले दिएको जाहेरी त लिए तर अघि नबढाउन उनले तस्नाम बिन्ती गरे । मैले स्वीकार गरिनँ । किनकि त्यो मेरो सुरक्षाको सवाल थियो र त्यो एक दिनको घटना मात्र नभएर प्रतिनिधिमूलक घटना थियो ।

विगत लामो समयदेखि पर्दापछाडि पुरानो ‘ब्ल्याक क्याट’ समूहले मलाई धक्याउँदै आएको थियो । मेरो त्यो टोलेगुन्डासँग लेनदेन थिएन÷छैन र कुुनै किसिमको अन्य सम्बन्ध पनि छैन । तर पनि म हिँड्ने बाटोमा गौँडा ढुकेर म र मेरा परिवार बाटोमा आवतजावत गर्दा घुरेर हेर्ने, मनोवैज्ञानिक दबाब दिने, डरत्रास पैदा गराउने काम गर्दै आएको थियो । तर, त्यसलाई प्रमाणमा बदल्ने मौका मलाई मिलेको थिएन । वैशाख १८ गते त्यो मौका मिल्यो तर त्यसलाई कारबाहीका रुपमा अघि नबढाउन डीएसपी थापा ढाल भएर उभिएपछि प्रहरी र गुन्डाको रुप छुट्याउन नसकिने अवस्था सिर्जना भएको छ ।

डीएसपी थापाले एक जना अमुक एआईजीको आदेशमा कारबाही अघि नबढाएको ठाउँ–कुठाउँ बत(ाउँदै आएका छन् । तर, त्यो एआईजीको नाममा उनले झुटो आदेशको बहाना बनाएको स्वयम् एआईजीले पुष्टि गरेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख बसन्त रजौरेलाई पहिले नै त्यो सामान्य घटना हो, जाहेरी अघि बढाउनु पर्दैन भनेर गलत ‘रिपोर्टिङ’ गरेको कुरा पनि अब छिपेन । माथिल्ला तहमा एसएसपी रजौरेले त्यही रिपोर्टिङ गरेका छन् । भ्याली एआईजी कार्यालयले दिएको निर्देशन डीएसपी थापाले लत्याएका छन् । आईजीपी सचिवालयले दिएको निर्देशन उल्टाइदिएका छन् । मानौँ आईजीपीले नै त्यो किटानी जाहेरी कार्यान्वयन नगर्न निर्देशन दिएको भए पनि डीएसपी थापालाई अदालतले जस्तो गरेर त्यसरी फैसला गर्ने अधिकार रहँदैन ।
नेपाल पत्रकार महासंघले आक्रमणकारीलाई कारबाही गर्न औपचारिकरुपमा माग गरिसकेको छ । मानव अधिकारसँग जोडिएको कुरो हो । स्वतन्त्रतापूर्वक निर्बाध हिँडडुल गर्न पाउनुपर्ने अधिकारको कुरो हो ।

तर, यी सारा झुटैझुट गरेर पनि डीएसपी थापाले आक्रमणकारी मालीलाई कारबाही गर्दै नगर्नुको कारण जो–कोहीले अनुमान गरे पनि खुलस्त पार्नचाहिँ सकेका छैनन् । जनताले तिरेको करको रकमबाट तलबभत्ता खाने एक जना बर्दीधारी राष्ट्रसेवक यसरी कहीँ कोहीप्रति पनि अनुत्तरदायी भएर स्वेच्छाचारीरुपमा चल्न मिल्छ ? यस्ता प्रहरी अफिसले त्यस्ता गुन्डासँग मिलेर आफूसँग भएको हतियार पड्काउँदै आफूसँग असहमत हुने वा आफ्ना कुकृत्यको आलोचना गर्नेहरुलाई सफाया गर्दै हिँड्यो भने नेपाल प्रहरीको अहिलेको नेतृत्व यसैगरी सुतरमुर्गले टाउको लुकाएको जस्तो गरेर बस्ला कि के गर्ला ? मिल्छ यस्तो कुकृत्य गर्न ? यही हो प्रहरीको सत्य सेवा सुरक्षणम् ? केही कतै जवाफदेही हुनुपर्दैन ? जसलाई जे मन लाग्यो त्यो गर्न पाइन्छ ? समाजमा कति घरपरिवार बिगारेपछि प्रहरी संरक्षण पाइन्छ ? यी प्रश्नको कसले दिने हो, जवाफ चाहियो !

यो पनि पढ्नुहोस्

जाहेरी दिएपछि कार्यान्वयन गर्न थप के–के गर्नुपर्छ महोदय ?

डीएसपी सत्य नारायण थापालाई खुला पत्र !

डीएसपी थापा र बिचौलिया मालीको सेटिङमा जाहेरी नै गायब !

 

 


क्याटेगोरी : समाचार, फरक मत

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x