Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारट्रम्प टावरमा फ्ल्याट किन्ने नेपाली नेता को हुन् ?

ट्रम्प टावरमा फ्ल्याट किन्ने नेपाली नेता को हुन् ?


काठमाडौं । अमेरिकाको न्युयोर्कमा रहेको पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको लगानीको ट्रम्प टावरमा एक जना नेपाली नेताले फ्ल्याट खरिद गरेका छन् । ५८ तले ट्रम्प टावरमा दुई सय ३२ वटा व्यावसायिक फ्ल्याट छन् । तीमध्ये एक जना नेपाली नेताले फ्ल्याट खरिद गरेका हुन् ।

नेपालमा राजनीतिलाई कमाउने पेसा बनाएका ती नेताले सत्ताको आडमा थुपारेको रकम हुन्डीमार्फत अमेरिका पुर्याएर ट्रम्प टावरमा फ्ल्याट खरिद गरेको उक्त फ्ल्याट खरिदसँग सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

नेपालमा वित्तीय अनुशासन कमजोर रहेको र सत्ताको आडमा कालोधनको कारोबार हुनेगरेको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)’ले नेपाललाई कानुन बनाएर सम्पत्ति शुद्धीकरण गर्न दबाब दिँदै आएको छ । तर, सरकारले विगत १४ वर्षदेखि विभिन्न बहानाबाजी गरेर अन्तर्राष्ट्रिय समुदायलाई अल्मल्याउँदै आएको छ । पछिल्लो पटक नेपालसँग ४० बुँदे सुधारको स्पष्टीकरण सोधेको छ तर सरकारले अहिले पनि आलटाल गरिरहेको छ । यो आलटाल गर्नुको प्रमुख कारण सत्ताको आडमा निर्बाधरुपमा आर्थिक अपराध गर्दै आउनु पनि हो । त्यही आर्थिक अपराध गरेर थुपारेको कालोधन अमेरिकामा पुर्याएर ट्रम्प टावरमा फ्ल्याट खरिद गरिएको हो ।

यसअघि एक जना बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले स्वीट्जरल्याण्डको एउटा स्वीस बैंकमा यसैगरी हुन्डीमार्फत तीन अर्ब रुपैयाँ जम्मा भएको समाचार सार्वजनिक भएको थियो । उनले पनि यसैगरी यहाँ संकलन गरेको घुस र कमिसनको रकम हुन्डीमार्फत स्वीस बैंकमा पुर्याएर जम्मा गराएका थिए । तर, यसको खोजबिन गर्नुपर्ने सरकारले केही गरेन, उल्टै सत्ताधारीहरूले उसैसँग सहकार्य गरेर रकम झार्ने काम गरेका थिए । अहिले पनि लगभग उस्तै अवस्था रहेको छ । एउटा राजनीतिक दलको नेताले नै त्यसरी भ्रष्टाचारको रकम अवैधरुपमा अमेरिका पुर्याएर ट्रम्प टावरमा फ्ल्याट किनेकाले खोजबिन र कारबाही गर्ने दायित्व सरकारसँग रहन्छ नै तर त्यो कारबाही गर्ने इच्छाशक्तिमा भर पर्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x