Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसञ्चारगृहमा राज्यको हस्तक्षेप

सञ्चारगृहमा राज्यको हस्तक्षेप


काठमाडौं,छानबिनको नाममा सञ्चारगृहमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले निर्लज्ज तरिकाले हस्तक्षेप सुरु गरेको छ । प्रचण्ड सरकारका गृहमन्त्री रवि लामिछानेको निर्देशनमा प्रहरीले मंगलबार कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई कान्तिपुर दैनिकको मुख्य कार्यालय थापाथलीबाट पक्राउ गरेको छ ।

सञ्चार माध्यमका मालिकलाई कार्यालयबाटै पक्राउ गर्नुले प्रेस स्वतन्त्रताविरुद्ध वर्तमान सरकार निर्लज्ज तरिकाले उत्रिएको संकेत गरेको छ । कुनै पनि सञ्चार माध्यममा आएका समाचारका बारेमा कानुनसम्मत तरिकाले उपचार खोज्न छाडेर सञ्चार माध्यमकै कार्यालयमा प्रहरी पठाएर पक्राउ गर्नुले सञ्चार माध्यम र त्यसमा कार्यरत मालिक÷कामदार कोही पनि सुरक्षित छैनन् भन्ने देखाएको छ ।प्रहरीले कार्यालयबाटै पक्राउ गरेपछि कान्तिपुरका मालिक सिरोहियाले सञ्चार माध्यमलाई प्रतिक्रिया दिँदै आफूले सहकारी ठगीको विषयमा बारम्बार समाचार प्रकाशित गरिरहेको कारण गृहमन्त्री लामिछानेले प्रतिशोध लिएर पक्राउ गरेको जनाएका छन् ।
सिरोहियाको नागरिकता नम्बर र अर्को व्यक्तिको नागरिकता नम्बर एउटै परेको भन्दै उजुरी परेपछि उनलाई जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको हो । तर, प्रशासनले सिरोहियालाई बयान नलिई प्रहरी लगाएर पक्राउ गरेको हो । पक्राउपछि कान्तिपुरका कर्मचारीले सरकार र गृहमन्त्री लामिछानेरिुद्ध नाराबाजी गरेका थिए ।

सिरोहिया पक्राउपछि पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल नेतृत्वको टोली कान्तिपुर पुगेर विधि र तौरतरिकाविपरीत गएर सरकारले काम गरेको बताएका थिए । सिरोहियाको पक्राउको विरोधमा पत्रकार महासंघले आन्दोलन गर्ने तयारी गरेको छ । सिरोहियाको पक्राउविरुद्ध विभिन्न राजनीतिक दलका नेता तथा सञ्चार सम्बद्ध संस्थाहरूले विरोध गरेका छन् । धेरैले सिरोहियाविरुद्ध नियोजितरूपमा सरकारले निशाना बनाएको बताएका छन् । विनासोधपुछ एक्कासि पक्राउ गर्नुले सरकार योजनाबद्धरूपमा सिरोहियाको विरुद्ध लागेको सञ्चार आबद्ध संस्थाहरूको भनाइ छ । सिरोहियाको पक्राउलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि कांग्रेस र एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताले चर्को विरोध गरेका छन् । पक्राउपछि प्रहरीले सिरोहियालाई धनुषा लगेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x