Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारडिडिसीमा महाप्रर्वन्धक नियुक्ती प्रकृया– गठित सिफारिस समितीद्धारा १० जनाको नाम सार्वजनिक

डिडिसीमा महाप्रर्वन्धक नियुक्ती प्रकृया– गठित सिफारिस समितीद्धारा १० जनाको नाम सार्वजनिक


काठमाडौं, दुग्ध बिकास संस्थान (डिडिसी) को महाप्रर्वन्धक पदको लागि आवेदन दिएकाहरु मध्येबाट १० जनाको नाम सार्वजनिक भएको छ । महाप्रर्वन्धक छनौंटका लागि गठित सिफारिस समितीको यही जेठ १४ गतेको निर्णय अनुसार संस्थानका महाप्रर्वन्धक पदको नियुक्तीको लागि आवेदन दिएकाहरु मध्येबाट संभावित १० जनाको नाम छनौंट गरी सार्वजनिक गरिएको हो ।

यसरी नाम सार्वजनिक भएकाहरुमा मकवानपुरको बागमती गाउँपालिका २ का अमर बहादुर मिश्र, चितवन भरतपुर महानगरपालिका ९ का राजेन्द्र प्रसाद अधिकारी, काठमाडौंको चन्द्रागिरी नगरपालिकाका ३ का राजेन्द्र श्रेष्ठ, गोरखा सिरानचोक गाउँपालिका ३ का रामचन्द्र ढकाल, काठमाडौं महानगरपालिका २९ घट्टेकुलोका रामप्रसाद पौडेल, सिराह कल्याणपुर नगरपालिका १२ का राम सोभित यादव, रामेछाप सुनापती गाउँपालिका ६ का डा. रुपेन्द्र चौलागाई, सर्लाही बलरा नगरपालिका वडा नं ३ का संजीब झा र पर्सा बीरगञ्ज महानगरपालिका १२ का श्रीराम न्यौपाने रहेका छन् । दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको कार्ययोजना प्रस्तुतीकरण र अन्र्तवार्ताको मिती र समय भने सम्वन्धीत उम्मेदवारहरुलाई दिईने सिफारिस समितीले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

ताजा अपडेट

0
Would love your thoughts, please comment.x
()
x