Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगण्डकी प्रदेशका मुख्यमन्त्रीले लिएको विश्वासको मत असंवैधानिक ठहर

गण्डकी प्रदेशका मुख्यमन्त्रीले लिएको विश्वासको मत असंवैधानिक ठहर


काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत असंवैधानिक ठहर गरेको छ ।

न्यायधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मुख्यमन्त्री अधिकारीले यसअघि ६० सदस्य प्रदेशसभामा ३० सदस्यको मत पाउने भनि लिएको विश्वासको मत संविधानविपरीत भएको ठहर गरेको हो । अदालतको आदेशसँगै मुख्यमन्त्री अधिकारी पदमुक्त भएका छन् ।

गत वैशाख २५ गते नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट निवेदनमा मुख्यमन्त्री अधिकारीले लिएको मत असंवैधानिक रहेको दाबी गरिएको थियो ।

विश्वासको मत लिँदा प्रदेशसभाको बुहमत अवैधानिकरूपमा गणना गरेर विश्वासको मत पाएको रिट निवेदनमा छ । उक्त प्रदेशसभामा ६० सदस्य रहेकामा ३० मत मुख्यमन्त्री अधिकारीले पाएका थिए । बहुमत पुग्नका लागि ३१ मत हुनुपर्ने रिट निवेदनमा दाबी गरिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #page 2


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x