Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसिरोहियालाई थप उपचारका लागि काठमाडौँ ल्याउदै

सिरोहियालाई थप उपचारका लागि काठमाडौँ ल्याउदै


काठमाडौँ । जिल्ला अदालत धनुषाको अनुमतिले नागरिकता विवादमा थुनामा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौँ ल्याउने तयारी गरिएको छ । स्वास्थ्यमा समस्या आएपछि जनकपुरको काब्या अस्पतालमा रहेका उनलाई एयर लिफ्ट गरेर काठमाडौँ ल्याउने तयारी गरिएको उनका कानुनी सल्लाहकार किशोर पौडेलले बताए ।

‘जनकपुरको अस्पतालबाट एयर लिफ्ट गरेर काठमाडौँ ल्याउने प्रक्रिया सुरु गरिएको छ,’ उनले भने । पछिल्लो पटक जिल्ला अदालतले उनलाई सोमबार तीन दिन थुनामा राख्ने अनुमति दिएको थियो ।

जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएका उनलाई उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि थप उपचारका लागि काब्या अस्पताल लगिएको थियो । तर त्याहाँ पनि उनको स्वास्थ्यमा सुधार नआएपछि काठमाडौँ ल्याउन लागिएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x