Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसगरमाथासहित तीन हिमालबाट ११ हजार केजी फोहोर संकलन

सगरमाथासहित तीन हिमालबाट ११ हजार केजी फोहोर संकलन


काठमाडौं । सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमालबाट ११ हजार केजी फोहोर संकलन गरिएको छ । नेपाली सेनाको अगुवाइमा सञ्चालन गरिएको सफा हिमाल अभियान–२०२४ अन्तर्गत यी हिमालहरूबाट ११ हजार केजीभन्दा बढी फोहोर संकलन गरिएको हो ।

यसैगरी एक कंकाल सहित पाँच शवको अवशेष संकलन गरिएको जनाइएको छ । गत चैत्र २९ गतेदेखि जेठ २३ गतेसम्म सफा हिमाल अभियान–२०२४ सञ्चालन भएको थियो । संकलित फोहोरहरूमध्ये दुई हजार दुई सय २६ केजी कुहिने फोहोर सगरमाथा प्रदूषण नियन्त्रण समिति र आठ हजार सात सय ७४ केजी नकुहिने फोहोर व्यवस्थापन कम्पनीलाई हस्तान्तरण गरिएको सेनाले जनाएको छ । सेनाले जंगी अड्डामा बुधबार एक कार्यक्रमको आयोजना गरी अभियानको समापन गरेको थियो । कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले आगामी दिनमा हिमाल सफाइ अभियानभन्दा पनि हिमालहरूमा फोहोर नै हुन नदिनका लागि हाल विद्यमान नीति नियमहरूको कडाइका साथ पालना हुनुपर्ने विषयमा जोड दिएका थिए । सफा हिमाल अभियानको नेतृत्व सेनानी आदित्य कार्कीले गरेका थिए ।

नेपाली सेनाले विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरूसँगको सहकार्यमा सन् २०१९ देखि सुरु गरेको सफा हिमाल अभियानको यो पाँचौँ संस्करण हो । हालसम्म सफा हिमाल अभियान अन्तर्गत एक लाख १९ हजार ५६ केजी फोहोर र १४ वटा मानव शव तथा केही अस्थिपञ्जर संकलन गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x