Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआँबुखैरेनी–मुग्लिन सडक तीन घण्टा पूर्ण रूपमा बन्द हुने

आँबुखैरेनी–मुग्लिन सडक तीन घण्टा पूर्ण रूपमा बन्द हुने


तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म पूर्ण रूपमा बन्द हुने भएको छ । आँबुखैरेनी–४ स्थित डयाम नजिक पहिरो नियन्त्रणको काम भइरहेकाले सडक बन्द हुने भएको हो ।

जिल्ला सडक डिभिजन कार्यालयका प्रमुख पशुपति ज्ञावलीले हिलसाइडमा चर्किएका ढुङ्गा ‘ट्रिममिङ’ गर्नुपर्ने भएकाले बाटो बन्द गरिने बताए । पृथ्वीराजमार्गमा गुड्ने सवारीसाधन व्यवस्थापनमा सहजीकरण गरिदिन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई उक्त कार्यालयले अनुरोध पनि गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x