Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेञ्चुरी कमर्सियल बैंकमा रकम अपचलन प्रकरण : तत्कालीन सेञ्चुरी बैंकका अध्यक्षसहित ८ जना पक्राउ

सेञ्चुरी कमर्सियल बैंकमा रकम अपचलन प्रकरण : तत्कालीन सेञ्चुरी बैंकका अध्यक्षसहित ८ जना पक्राउ


काठमाडौं,तत्कालीन सेञ्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पक्राउ गरेको छ ।  उनीसहित सेञ्चुरी बैंकका कर्मचारीहरु राजेश भण्डारी, दिलिप बराल, सुबास बहादुर श्रेष्ठ,अनुपमा श्रेष्ठ मान्नधर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान, तुलसी गौतम र सुनिल बस्नेत पक्राउ परेका छन् ।

उनीहरुलाई बैंकिङ कसुरमा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइने भएको छ । यसअघि पनि १५ फागुनमा धितोले खामेभन्दा बढी कर्जा दिएको आरोपमा तत्कालीन सेञ्चुरी बैंकका सीईओसहित १० जना पक्राउ परेर छुटेको थिए । बैंकका तत्कालीन सीईओहरु तुलसी गौतम र मनोज न्यौपानेसहितलाई पक्राउ गरिएकामा उनीहरू हाजिर जमानीमा छुटेका थिए ।सेञ्चुरी कमर्सियल बैंकका अध्यक्ष राजेश श्रेष्ठले यसअघि आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाललाई छुरी हान्ने धम्की समेत दिएका थिए । श्रेष्ठले सेञ्चुरी बैंकको ठगीसम्बन्धी समाचारलाई लिएर सम्पादक रिजाललाई कुपण्डोलमा रहेको होटल हिमालयमा बोलाएर त्यस्तो धम्की दिएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x