दुग्ध विकास संस्थानमा १५ करोड सहुलियत कर्जा दुरुपयोगका आरोपित झालाई पुनः महाप्रबन्धक नियुक्त गर्ने अन्तरवार्तामा बोलाइयो
काठमाडौं । दुग्ध विकास संस्थानले संस्थानको सुधारका लागि विभिन्न १८ प्रकारका मेसिनरी तथा उपकरणहरू खरिद गर्ने भन्दै अर्थ मन्त्रालयबाट लिएको १५ करोड ऋणको दुरुपयोगको आरोप लागेका तत्कालीन महाप्रबन्धक सञ्जिव झालाई पुनः महाप्रबन्धकमा नियुक्त गर्न अन्तरवार्तामा बोलाइएको छ ।
दुग्ध विकास संस्थानको महाप्रबन्धक पदमा नियुक्तिको लागि सिफारिस गर्न गठित सिफारिस समितिले एक सूचना जारी गर्दै जेठ ३१ गते कार्ययोजना प्रस्तुतीकरण र जेठ ३२ गते अन्तरवार्ताको लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरबारमा उपस्थित हुन भन्दै आवेदकहरूलाई बोलाएको हो ।
दुग्ध विकास संस्थानमा महाप्रबन्धक पदमा नियुक्तिको लागि दरखास्त स्वीकृत भएका अमर बहादुर थिङ, राजेन्द्र प्रसाद अधिकारी, राजेन्द्र श्रेष्ठ, रामचन्द्र ढकाल, राम प्रसाद पौडेल, राम सोभित यादव, डा. रुपेन्द्र चौलागाई, डा. सितलकाजी श्रेष्ठ, सञ्जिव झा र श्रीराम न्यौपानेलाई सिफारिस समितिले कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ताको लागि बोलाएको हो ।
दुग्ध विकास संस्थानको सुदृढीकरणको लागि प्राप्त कर्जाको दुरुपयोग सम्बन्धमा अर्थ सचिवज्यूलाई बोधार्थ दिई पेस भएको उजुरीका सम्बन्धमा अर्थ मन्त्रालयले त्यस सम्बन्धमा के भएको हो ? छानबिन गरी प्रतिवेदन उपलब्ध गराउनुहुन भन्दै दुग्ध विकास संस्थान सञ्चालक समितिलाई पत्र पठाएपछि १५ करोड कर्जाको दुरुपयोगको विषयमा छानबिन भएको थियो ।
दुग्ध विकास संस्थान सञ्चालक सदस्य फणिन्द्र तिवारीको संयोजकत्वमा गठित समितिमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रतिनिधि, अर्थ मन्त्रालयका प्रतिनिधि, निलकण्ठ गौतम सदस्य नि. प्रमुख, प्राविधिक व्यवस्थापन विभाग र दुग्ध विकास संस्थानका अर्थविज्ञ, योजना, जनशक्ति तथा बजार व्यवस्थापन विभागका अन्जन अधिकारी सलस्य रहेको छानबिन समिति गठन भएको थियो ।
समितिले गरेको छानबिनमा दुग्ध विकास संस्थानमा राजस्व खाता र खर्च खाता गरी दुई प्रकारका खाता सञ्चालनमा रहेको देखियो र नेपाल सरकारबाट प्राप्त सहुलियत ऋणलाई सामान्य आम्दानी जम्मा हुने राजस्व खातामा जम्मा गरी खर्च गरेको र प्राप्त ऋणलाई छुट्टै अभिलेख राखी सम्बन्धित शीर्षकमा मात्र खर्च गर्नेगरिएको पाइएको उल्लेख छ ।
सहुलियत ऋण प्राप्त भएदेखि हालसम्मको अवधिमा संस्थानबाट तोकिएका १८ प्रकारमा मेसिनहरूमध्ये ‘एमोनिया कम्प्रेसर १०० टीआर’ नामको एकमात्र मेसिन संस्थानको एक करोड ८२ लाख २४ हजार चार सय २४ रुपैयाँ लागतमा खरिद भएको र बाँकी रकम १३ करोड १७ लाख ७५ हजार पाँच सय ७६ रुपैयाँ तोकिएको प्रयोजनमा खर्च नभएको भन्दै छानबिन समितिले कर्जाको दुरुपयोग भएको प्रतिवेदनमा उल्लेख गरेको छ ।
सहुलियत ऋणको रुपमा दुग्ध विकास संस्थानले अर्थ मन्त्रालयबाट पाएको १५ करोड दुरुपयोग भएको र दुरुपयोगमा संस्थानका तत्कालीन महाप्रबन्धक सञ्जिव झाको हात रहेको उजुरीपछि बनेको छानबिन समतिले कर्जाको दुरुपयोग भएको प्रतिवेदन बुझाएसँगै सञ्जिव झा थप विवादमा तानिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया