Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशगण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत


काठमाडौं । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । गण्डकी प्रदेशसभाको सोमबारको बैठकमा मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावलाई सभाको बहुमतले पारित गरेको हो ।

विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ र विपक्षमा २८ मत परेको थियो । प्रस्तावको पक्षमा नेपाली काँग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई, स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ र नेपाल समाजवादी पार्टीका प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाको मत परेको थियो । यस्तै, विपक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का २२ र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का छ जना प्रदेशसभा सदस्यको मत परेको थियो । विश्वासको पक्षमा मतदान गरेका देवकोटा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको प्रदेशसभा सदस्य रहेका छन् । उनी गत प्रदेशसभा सदस्यको निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचित भएका थिए । देवकोटाले विश्वासको मतका पक्षमा मतदान गरेपछि प्रदेशसभामा एमाले र माओवादी केन्द्रका सदस्यले नाराबाजी गरेका थिए । संविधानको धारा १६८ (३) बमोजिम सर्वोच्च अदालतको आदेशबाट पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए ।


क्याटेगोरी : समाचार, गण्डकी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x