Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसडकमा पोखरेल र रेलमा मुल महानिर्देशक नियुक्त

सडकमा पोखरेल र रेलमा मुल महानिर्देशक नियुक्त


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक विभागको महानिर्देशकमा रामहरि पोखरेल र रेल विभागको महानिर्देशकमा अजय कुमार मुललाई नियुक्त गरेको छ ।

उपप्रधान तथा भौतिक मन्त्री रघुवीर महासेठको बुधबारको मन्त्रीस्तरीय निर्णयले दुई महत्वपूर्ण विभागमा महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । मन्त्रीस्तरीय निर्णयअनुसार सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाललाई भौतिक मन्त्रालयको योजना महाशाखामा सरुवा गरेर विभागकै उपमहानिर्देशक पोखरेललाई महानिर्देशक बनाइएको हो । रेल विभाग भने महानिर्देशक रोहित कुमार विसुराल यही जेठ ४ गतेदेखि अनिवार्य अवकाश भएपछि खाली थियो । रेलको महानिर्देशकमा नियुक्त मुल बुधबारसम्म हुलाकी राजमार्ग आयोजना निर्देशनालयमा कार्यरत थिए ।

सडकको योजना महाशाखा प्रमुख पोखरेल महानिर्देशक भएपछि उक्त स्थानमा भौतिक मन्त्रालयको योजना महाशाखा प्रमुख उमेशबिन्दु श्रेष्ठलाई ल्याइएको छ । सडकको महानिर्देशकमा नियुक्त पोखरेल र रेलका महानिर्देशक मुलले बिहीबार पदबहाली गर्ने कार्यक्रम छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x