Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको पूर्ण कार्यान्वयन गर्न आग्रह

अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको पूर्ण कार्यान्वयन गर्न आग्रह


काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयुसीसी)का अध्यक्ष योगेन्द्र कुमार कुँवरले अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको पूर्ण कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा अध्यक्ष कुँवरले प्रत्येक श्रमिकलाई न्यायोचित व्यवहार र सुरक्षित काम गर्ने वातावरण प्रदान गर्दै न्यायपूर्ण समाज निर्माण गर्न आईएलओद्वारा उल्लिखित अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको पूर्ण कार्यान्वयन गर्न आह्वान गरेका हुन् । जुन ३ देखि स्विजरल्यान्डको जेनेभामा भइरहेको सम्मेलनमा नेपाली श्रमिकको प्रतिनिधित्व गर्दै जेटीयुसीसीका अध्यक्ष कुवँरले सम्बेधन गरेका थिए । सम्मेलनमा उनले श्रम कानुनको प्रभावकारी कार्यान्वयन, कार्यस्थलमा भेदभावरहित वातावरण, श्रमिकहरूका मौलिक हक अधिकारहरूको सुनिश्चितता गर्न अझै संघर्ष गरिरहुनुपरेको बताए । यस्तै, उनले श्रमिकको मर्यादित काम र सामाजिक सुरक्षाको अधिकार सुनिश्चितता अनिवार्य गर्ने प्रगतिशील संविधान र श्रम कानूनहरू नेपालमा जारी भए पनि कार्यान्वयनमा धेरै चुनौतीहरू यथावत रहेको बताए ।

नेपालको श्रम बजार ठूलो प्रतिशत असंगठित क्षेत्रसहित असुरक्षित रहेकाले अर्थतन्त्रलाई औपचारीकरण गर्न सामाजिक सुरक्षा कार्यक्रममा सबै श्रमिकको अनिवार्य सहभागिता सबैभन्दा प्रभावकारी रणनीति रहेको उनले बताए । यस क्षेत्रमा भएको कामको ढिलाइप्रति जेटीयुसीसी चिन्तित रहेको पनि उनको भनाइ थियो । पुँजी र श्रम एक अर्काको परिपूरक भए पनि श्रम सरोकारित मुद्दाहरू प्रायः छायामा परेको उनले बताए । विश्वमा बढ्दो प्राविधिक विकाससँगै श्रम बजारमा देखिएका चुनौतीहरूको बाबजुत अवसरको सदुपयोग गर्न जरुरी रहेको उनको भनाइ थियो ।

यस्तै, उनले नव–उदारवादी र लोकतान्त्रिक विचलनले लोकतन्त्र र ट्रेड युनियनका अधिकार क्षेत्रहरू संकुचित गरिँदै लगेको गुनासो गरे । सामाजिक संवादलाई सुदृढ गर्ने आईएलओको सिद्धान्तविपरीत विभिन्न त्रिपक्षीय संयन्त्रमा श्रमिकको प्रतिनिधित्वलाई सरकारले कमजोर बनाएको उनको भनाइ थियो । यस्तै, उनले नेपाल सरकारले यस महत्वपूर्ण सम्मेलनमा ट्रेड युनियन र रोजगारदाता सङ्गठनका सल्लाहकारहरूको सहभागिताको अधिकार कटौती गरेको बताए । सो अधिकार स्थापित गराउनका लागि सहयोग गर्न उनले विश्वभरका श्रमिकहरूसँग आग्रह गरे ।

सम्मेलनमा उनले नेपाल भर्खरै न्यायिक रुपान्तरणका लागि रोजगार र सामाजिक सुरक्षामा विश्वव्यापी गतिशीलतामा सामेल भएको जानकारी गराउँदै यसले मर्यादित रोजगारी र सामाजिक सुरक्षालाई प्रवद्र्धन गर्ने बताए । नेपाल अल्पविकसित देशको हैसियतबाट सन् २०२६ मा स्तरोन्नति हँुदै गर्दा, संगठन स्वतन्त्रतासम्बन्धी आईएलओ महासन्धि सी८७ लगायतका प्रमुख आईएलओ महासन्धिहरूको अनुमोदनका लागि जोड दिने अवसरका रूपमा लिएको उनले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x