Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगणतन्त्रका उपलब्धिलाई जनस्तरसम्म प्रचार गर्नुपर्छ: पूर्वसभामुख सापकोटा

गणतन्त्रका उपलब्धिलाई जनस्तरसम्म प्रचार गर्नुपर्छ: पूर्वसभामुख सापकोटा


काठमाडौँ । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले गणतन्त्रका उपलब्धिलाई जनस्तरसम्म प्रचारप्रसार गर्नुपर्ने बताएका छन् ।

गणतन्त्र दिवस–२०८१ का अवसरमा राससद्वारा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको शुक्रबार अवलोकनपछि प्रतिक्रिया दिँदै उनले प्रचारप्रसारका विभिन्न तौरतरिकामध्ये तस्वीर प्रदर्शनी पनि एक माध्यम भएको उल्लेख गरे ।

उनले जनताको बलिदानीपूर्ण सङ्घर्ष र आफूहरु समेतको सहभागितामा गणतन्त्रको स्थापना भएकामा गौरवबोध गर्दै यस व्यवस्थालाई बलियो गरी संरक्षण गर्न आवश्यक भएको बताए । पूर्वसभामुख सापकोटालाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राईसहितले स्वागत गर्दै तस्बिर प्रदर्शनी र राससका गतिविधिबारे अवगत गराएका थिए । यही जेठ १० गते सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माबाट उद्घाटन भएको तस्बिर प्रदर्शनी यही जेठ मसान्तसम्म जारी रहनेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x