Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसमृद्धिको अभिभारा पूरा गर्न एमाले सक्षम छस् अध्यक्ष ओली

समृद्धिको अभिभारा पूरा गर्न एमाले सक्षम छस् अध्यक्ष ओली


काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय अभिभारा पूरा गर्न एमाले सक्षम रहेको बताए ।एमाले ललितपुर महानगर कमिटीको दोस्रो अधिवेशनको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले स्वार्थका आधारमा एमालेविरुद्ध कतिपय हल्ला चलाइए पनि देश बनाउने एमालेको विचार र यात्रामा कसैले रोकावट गर्न नसक्ने जिकिर गरे ।

भ्रम चिर्दै विकास र समृद्धिको लक्ष्यमा अगाडि बढ्न एमाले अडिग र सक्षम रहेको बताउँदै उहाँले देश सुरुङ, रेल र पानीजहाजको युगमा प्रवेश हुँदा पनि केही पक्षले उडाउन नछाडेको टिप्पणी गरे। समारोहमा ललितपुरका पुराना कम्युनिष्ट नेता सिद्धिलाल सिंहलगायतलाई सम्मान गर्नुका साथै विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्नेलाई स्वागत गरिएको थियो । रासस


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x