Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुुई दर्जन बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्तिको प्रक्रियामा

दुुई दर्जन बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्तिको प्रक्रियामा


सुरेश राउत
काठमाडौं, असार ४
सञ्चालनमा रहेका दुुई दर्जन बैंक तथा फाइनान्स कम्पनीहरु मर्जर तथा प्राप्तिको प्रक्रियामा रहेका छन् । राष्ट्र बैंकका अनुसार पछिल्लो अवधिमा पाँचवटा बैंकसहितका १९ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जरको प्रक्रियामा रहेका हुुन् । चालू आवको जेठको अन्तिम सातासम्म सिटिजन्स बैंक इन्टरनेशनल, कुुमारी बैंक, मेगा बैंक, प्राइम कमर्सियल बैंकसहितका संस्थाहरु मर्जर तथा प्राप्तिको प्रक्रियामा रहेका हुुन् । सोमध्ये सिटिजन्स बैंक इन्टरनेशनलले क्षेत्रीयस्तरको सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने सम्झौता गरिसकेको छ ।

यसैगरी मेगा बैंक नेपाल लिमिटेडले विशेष साधारणसभा सम्पन्न गरी गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । प्राप्तिको लागि मेगा बैंक र गण्डकी विकास बैंकको सेयर आदानप्रदान अनुपात १ः१ रहेको छ । यो प्राप्तिपछि मेगाको पुँजी, व्यवसायको आकारका साथै शाखा सञ्चालनमा बृहत् वृद्धि भई देशकै एक ठूलो वाणिज्य बैंकको रुपमा स्थापित हुुने लक्ष्य मेगाले लिएको छ । यसैगरी एनएमबी बैंकले पनि क्षेत्रीयस्तरको कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रक्रिया सुरु गरेको छ ।

प्राप्तिपश्चात बन्ने एनएमबी बैंकको चुक्ता पुँजी १४ अर्ब ५३ करोड ५४ लाख १७ हजार रुपैयाँ पुुग्नेछ । कुमारी बैंकले पनि राष्ट्रियस्तरको देव विकास बैंकलाई प्राप्ति गर्ने प्रक्रिया सुरु गरेको छ । केही महिनाअघि मात्र कैलाश विकास बैंकलाई प्राप्ति गरेको प्राइम कमर्सियल बैंकले पुुनः ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने प्रक्रिया सुरु गरेको छ । लघुुवित्ततर्फ सारथि लघुुवित्त बिमभि संस्थाले पभन नयाँ नेपाल लघुुवित्त वित्तीय संस्थालाई मर्जर गर्ने प्रक्रिया सुरु गरेको छ । जीवन विकास लघुुवित्त वित्तीय संस्थाले पनि सल्भ लघुुवित्त वित्तीय संस्था र गरिबी न्यूनीकरण लघुुवित्त बिमभि संस्थालाई मर्ज गर्ने सुरु गरिसकेको छ । यसबाहेक सजिलो लघुुवित्त वित्तीय संस्थाले समिट लघुुवित्त वित्तीय संस्थालाई मर्ज गर्ने तयारी गरेको छ भने समता लघुुवित्त वित्तीय संस्था र घरेलुु लघुुवित्त वित्तीय संस्थाले पनि एक आपसमा मर्ज गर्ने प्रक्रिया सुरु गरिसकेका छन् ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुुणाकर भट्टका अनुसार वित्तीय क्षेत्रलाई सबल, व्यवस्थित र सुशासनयुुक्त बनाउनको लागि पनि मर्जर तथा प्राप्तिको प्रक्रियालाई जोड दिएको हो । सरकारले आगामी आर्थिक वर्षको बजेटमा पनि मर्जर तथा प्राप्तिलाई प्राथमिकतामा राखेकाले आगामी समय अझै ठूलो संख्यामा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्तिमा जाने प्रवक्ता भट्टले बताए । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०७६ चैत मसान्तसम्म एक सय ८७ बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति प्रक्रियामा भएको र यसमध्ये एक सय ४२ संस्थाको इजाजत खारेज भई कुल ४५ संस्था कायम भएको पनि प्रवक्ता भट्टले बताए ।

अहिले भने नेपाली बैंकिङ क्षेत्रमा सबै किसिमका गरी एक सय ६२ वटा बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा छन् । सोमध्ये २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २३ वटा विकास बैंक, २२ वटा फाइनान्स कम्पनी, ८९ वटा लघुुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा रहेको पनि प्रवक्ता डा. भट्टले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया