Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच भोलि औपचारिक भेटवार्ता

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच भोलि औपचारिक भेटवार्ता


काठमाडौँ । सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल जेनेभाबाट बर्लिन पुगेका छन् । उनी आफ्ना समकक्षी डा फ्रयाङ्क –वाल्टर स्टीनमेयरको मैत्रीपूर्ण निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा गएका हुन ।

शनिबार अपराह्न बर्लिन ब्रान्डेनवर्ग अन्तरराष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का तथा उनकी धर्मपत्नी, जर्मनीका राष्ट्रपतिको सङ्घीय परराष्ट्रमामिला कार्यालयका वरिष्ठ अधिकारीले स्वागत गरेको बर्लिनस्थित नेपालको राजदूतावासले आइतबार जनाएको छ ।

राष्ट्रपति पौडेलका साथ प्रथम महिला सविता पौडेल, राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा. सुरेशचन्द्र चालिसे, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रपतिको कार्यालयका सचिव डिल्लीराम शर्मा तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु सहभागी छन् ।

भोलि सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच औपचारिक भेटवार्ताको कार्यक्रम रहेको उक्त दूतावासले जनाएको छ । २०४३ साल पछि राष्ट्रप्रमुखको तहमा नेपालबाट भएको यो पहिलो भ्रमण हो ।

२०१४ साल चैत २२ गते नेपाल र जर्मनीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसयता दुई देशबीचको सम्बन्ध आपसी समझदारी र सहयोगका आधारमा प्रगाढ बन्दै गएको छ । राष्ट्रपति पौडेल यही असार ५ गते स्वदेश फर्किन कार्यक्रम छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x