Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकाठमाडौं चिनियाँ शैक्षिक प्रदर्शनी हुने

काठमाडौं चिनियाँ शैक्षिक प्रदर्शनी हुने


काठमाडौं । काठमाडौंमा एक दिने चिनियाँ शैक्षिक प्रदर्शनी आयोजना हुने भएको छ । नेपालस्थित चिनियाँ राजदूतावाससँगको सहकार्यमा नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले मंगलबार बौद्धस्थित होटल हायात रिजेन्सीमा सो प्रदर्शनी गर्न लागेको हो ।

चीनको उच्च तहको शैक्षिक अवस्थाबारे नेपाली विद्यार्थी र अभिभावकलाई जानकारी गराउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको आयोजकले जनाएको छ । प्रदर्शनीमा इन्जिनियरिङ, चिकित्साशास्त्र, भाषा, संस्कृति, वाणिज्य, विज्ञान तथा प्रविधि, उड्डयन, खेलकुद, कृषि, औषधिजस्ता विषय अध्यापन गराउने सामान्य तथा विश्व प्रसिद्ध ३१ वटा चिनियाँ विश्वविद्यालय तथा कलेजले भाग लिने भएका छन् । नेपाल–चीन सांस्कृतिक शैक्षिक परिषद्का अध्यक्ष डा हरिश्चन्द्र साहका अनुसार प्रत्येक स्टलमा नेपाली विद्यार्थी र तिनका अभिभावकलाई चीनमा अध्ययन गर्दा हुने फाइदा, विश्वविद्यालयले उपलब्ध गराउने छात्रवृत्तिलगायत विभिन्न विषयमा विज्ञहरूले जानकारी दिनेछन् ।


क्याटेगोरी : बिबिध, समाचार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x