चारैतिरबाट छेकेर कबाडी ब्यवसायी माथि लाठी प्रहार
काठमाडौं,कमलादीमा प्रहरीले मंगलबार दिउसो चारैतिरबाट घेरेर कबाडी ब्यवसाहि माथि लाठी चार्च गरेको छ । काठमाडौं चक्रपथ भित्रका कबाड ब्यवसहयीलाई चक्रपथ बाहिर सार्न काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले दिएको निर्देशन बिरुद्ध महानगर पालिकाको कार्यलय अगाडी सडकमा धर्ना दिएर बसेका कबाड ब्यवसायीहरुमा माथि प्रहरीले चारैतिरका गौडा बन्द गरेर लाठी चार्ज गरेको हो ।
प्रहरीको लाठी चार्जबाट आधा दर्जन बढी कबाड ब्यवसायीहरु घाइते भएका छन् । भाग्ने बाटो नदिई चारै तिरबाट घेराउ गरेर लाठि चार्ज गरी आक्रमण गर्नुलाई मानवअधिकार बिरोधी घटना मानिन्छ । बिश्वव्यापी उक्त मान्यता बिपरित नेपाल प्रहरीका डिएसपी सत्यनारायण थापा लगायतको टोलीले उनीहरुमाथि चारैतिरबाट घेरा हालेर भाग्ने बाटो समेत नदिई लाठी चार्ज गरेको हो । प्रहरीको एउटा टोली महेन्द्र सालिक अगाडी,अर्को टोली घण्टाघर मोडमा,अर्को टोली प्रज्ञा प्रतिष्ठान अगाडी टुकुचा छेउमा र अर्को टोली पज्ञा प्रतिष्ठानको पछाडी पट्टिको चोकमा राखिएको थियो । चारै तिरका प्रहरी एकैचोटी अगाडी बढेर बिचमा रहेका कबाड ब्यवसाहिमाथि लाठि चार्ज गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
- अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
- देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास
- अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
- दोलखामा बृहत् स्वास्थ्य शिविर
- दराज नेपालको छैठौँ विक्रेता सम्मेलन
- केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’
- हिरोको दशैं तिहार अफरअन्तर्गत पाँच लाख क्यासका विजेता घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया