Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअन्नपूर्णा मार्बलको राजस्व छली प्रकरण: राजस्व अनुसन्धान सुनसरीका प्रमुख ओझाद्वारा व्यवसायीसँग बार्गेनिङ !

अन्नपूर्णा मार्बलको राजस्व छली प्रकरण: राजस्व अनुसन्धान सुनसरीका प्रमुख ओझाद्वारा व्यवसायीसँग बार्गेनिङ !


विराटनगर । राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीका प्रमुख खेम ओझाले राजस्व छली मुद्दामा व्यवसायीसँग बार्गेनिङ गर्ने गरेको पाइएको छ । विराटनगरको भृकुटी चौकमा रहेको अन्नपूर्णा मार्बल एन्ड सेनिटरीका सञ्चालक मुख्य सञ्चालकमा कमल अग्रवालसँग राजस्व छलीलाई लुकाउनका लागि ओझाले बार्गेनिङ गरेको खुलेको हो ।

सो कम्पनीले नक्कली स्टिमेट र भ्याट बिलसम्म जारी गरेर व्यापक राजस्व छली गर्ने गरेको भन्दै राजस्व अनुसन्धान कार्यालयले आवश्यक कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । कार्यलयले कागजपत्र लिएर अनुसन्धान थालेको चार महिना बितिसक्दा पनि कुनै कारबाही गरेको छैन । न त कार्यालयले सो कम्पनीलाई सफाइ नै दिएको छ । कार्यालयले सो कम्पनीले बिलविजक जारी गर्नुपर्नेमा बिलविजक जारी नगरी स्टिमेट बिलबाट सामान बिक्रीवितरण गरेको भन्दै मूल्य अभिवृद्धि कर समेत छली गर्ने गरेको आरोपमा छानबिन थालेको थियो । विस्तृत अनुसन्धान गर्ने भन्दै राजस्व अनुसन्धान सुनसरीले सो कम्पनीको आवश्यक कागजात सबै नियन्त्रणमा लिएको पनि चार महिना बितिसकेको छ । राजस्व स्रोतका अनुसार अन्नपूर्ण मार्बलले धेरै पहिलेदेखि नै स्टिमेट बिलका भरमा मार्बल र टायल्सको बिक्रीवितरण गर्दै आएको पाइएको छ । लामो समयदेखि मार्बल, टायल्सलगायत सेनिटरीको काम गर्दै आएको सो कम्पनीका ठूलो रकममा राजस्व चुहावट गरेको पाइएपछि राजस्वले कागजात नियन्त्रणमा लिएको थियो ।

उक्त व्यवसायी फर्मको कागजात नियन्त्रणमा लिएर राजस्व अनुसन्धानले व्यवसायीसँग व्यापकरूपमा मोलमलाइ गरिरहेको स्रोतको दाबी छ । सोही मोलमोलाइका कारण उक्त फर्मको अनुसन्धान नै प्रभावित भएको छ । राजस्व अनुसन्धान प्रमुख खेम ओझाले कार्यालयका कर्मचारी तथा अनुसन्धान अधिकृत समेतलाई जानकारी नै नदिई सो कम्पनीलाई सफाइ दिनका लागि व्यवसायीसँग मोलमोलाइ गरिरहेका छन् । स्रोतका अनुसार यसबाहेक सो कम्पनीले भन्सार एजेन्टमार्फत समेत ठूलो परिमाणमा भन्सार राजस्व समेत छली गर्नेगरेको छ । यी सबै थाहा पाएका कार्यालय प्रमुख ओझाले व्यवसायीसँग बार्गेनिङ सुरु गरेका हुन् ।

आन्तरिक राजस्व कार्यालय विराटनगरको कर दाता नम्बर ३०३३२१००६ कायम रहेको अन्नपूर्णा मार्बल एन्ड सेनिटरी फर्मको सञ्चालकमा सुनिता अग्रवालको नाममा दर्ता रहेको छ । फर्म सञ्चालकमा सुनिता अग्रवालको नाम कानुनीरूपमा रहेको देखिए पनि मुख्य सञ्चालकमा कमल अग्रवाल हुन् । श्रीमतीलाई सञ्चालक बनाएर कमलले करोडौँको राजस्व चोरी गर्न सफल भएका छन् । अन्नपूर्णा मार्बल एन्ड सेनेटरीले बिलविजक जारी गर्दा सक्कली बिलमा कम मूल्य कायम गर्ने र नक्कली बिलमा बढी मूल्य कायम गरी उपभोक्तासँग असुली गर्ने गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x