Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मनी सरकारसँग राष्ट्रपतिको आग्रह

नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मनी सरकारसँग राष्ट्रपतिको आग्रह


काठमाडौँ । जर्मनी भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले जर्मनीका राष्ट्रपति डा. फ्रैङ्क–वाल्टर स्टाइनमायेरसँगको भेटमा युरोपेली आकाशमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मनी सरकारसँग आग्रह गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार राष्ट्रपति पौडेलको स्विट्जरल्याण्ड र जर्मनी भ्रमणबारे जानकारी गराउदै परराष्ट्रसचिव सेवा लम्सालले जर्मनीसँग भएको भेटमा लुफ्थान्सा एयरलाइन्सको सर्भिस सुचारु गर्न र युरोपेली आकाशमा रहेको प्रतिवन्ध फुकुवा गर्न राष्ट्रपति पौडेलले अनुरोध गरेको जानकारी दिइन् ।

राष्ट्रपतिले नेपालको सामाजिक, आर्थिक विकास, सङ्घीयताको कार्यान्वयन र शान्ति प्रक्रियामा गरेको सहयोगका लागि स्विट्जरल्याण्ड सरकारलाई धन्यवाद दिए । उनले कृषि, पर्यटन र जलस्रोत लगायतका विकास प्राथमिकताका बारेमा प्रकाश पार्दै यी क्षेत्रमा जर्मनीको सहयोग र लगानीका लागि निजी क्षेत्रलाई समेत प्रोत्साहन गरेको बताए ।

सचिव लम्सालले भेटका क्रममा नेपाल—स्विट्जरल्याण्ड सम्बन्धका विविध पक्षमा छलफल भएको बताइन् । उनले नेपाल र स्विट्जरल्याण्डबिच विकास सहयोग, उच्चस्तरिय भ्रमणको आदानप्रदान, सांस्कृतिक एवम् जनस्तरको सम्बन्ध विस्तार लगायतका दुईपक्षीय सम्बन्धका विषयमा छलफल भएको बताइन् ।

राष्ट्रपति पौडेलले स्विट्जरल्याण्डका राष्ट्रपतिसँगको भेटमा नेपालको सामाजिक, आर्थिक विकास, सङ्घीयताको कार्यान्वयन र शान्ति प्रक्रियामा गरेको सहयोगका लागि स्विट्जरल्याण्ड सरकारलाई धन्यवाद व्यक्त गरे । नेपाल समृद्धितर्फ अघि बढिरहेकोमा स्विट्जरल्याण्डका राष्ट्रपतिले सन्तोष व्यक्त गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x