Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारशारीरिक र मानसिक स्वास्थ्यका लागि योगलाई निरन्तरता दिन आवश्यक: गृहमन्त्री लामिछाने

शारीरिक र मानसिक स्वास्थ्यका लागि योगलाई निरन्तरता दिन आवश्यक: गृहमन्त्री लामिछाने


काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको एक दिवसीय योग विज्ञान शिविर कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले तन्दुरूस्त शरीर र स्वस्थ मानसिकता एवम् व्यायामले निर्णय क्षमतामा प्रभाव पार्ने हुँदा योगलाई निरन्तरता दिन आवश्यक रहेको बताए ।

गृहमन्त्री लामिछानेले पतञ्जलि योग समिति नेपालसँगको सहकार्यमा नेपाल प्रहरीद्वारा बुधबार आयोजित एक दिवसीय योग विज्ञान शिविर, २०८१ कार्यक्रममा स्वस्थ शरीर र स्वस्थ मानसिकताले गर्ने निर्णय सबैभन्दा महत्त्वपूर्ण हुने बताए ।

युनिफर्म लगाएको प्रहरी देखेर सुरक्षित महसुस गर्नका लागि हरेक नागरिकले शारीरिक र मानसिक हर हिसाबले चुस्त दुरूस्त हुन जरूरी रहेको गृहमन्त्री लामिछानेले बताए । उनले कानुनले दिएको अधिकारलाई सदुपयोग गर्दै नागरिकका पक्षमा इमानदारीसाथ काम गरेमा समाज परिवर्तन हुने विचार व्यक्त गरे ।

कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले देश र जनाताको सेवामा दिन रात खटिने नेपाल प्रहरीका सदस्यहरूलाई व्यस्त, चुनौतिपूर्ण र कठिन जीवनशैलीमा योग अभ्यासले शारीरिक र मानसिक रूपले थप स्वस्थ, संवेदनशील र सचेत बन्न मद्दत पुग्ने विचार व्यक्त गरे ।

कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले धन्यवाद ज्ञापन गर्दै एकै दिनमा योगसम्बन्धी सम्पूर्ण जानकारी हासिल गर्न सम्भव नहुने बताउँदै शिविरको माध्यमबाट योगको महत्त्व र योगाभ्यासका बारेमा सकल दर्जा माझ सचेतना अभिवृद्धि भई प्रत्यक्ष रूपमा लाभान्वित भएको विश्वास व्यक्त गरे । उनले योगको सही अभ्यास र निरन्तरताका लागि यो कार्यक्रम सहायकसिद्ध हुने अपेक्षा गरिएको उल्लेख गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x