Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालमा विभिन्न कार्यक्रम गरी योग दिवस मनाइँदै

नेपालमा विभिन्न कार्यक्रम गरी योग दिवस मनाइँदै


भक्तपुर । नेपालमा विभिन्न कार्यक्रम गरी शुक्रबार दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । सरकारद्वारा दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा गठित मूल समारोह समितिले भक्तपुरको एसओएस बालग्राममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा विशेष समारोह आयोजना गरेको छ ।

प्रधानमन्त्री दाहालले सम्बोधन गरेको कार्यक्रममा अध्यक्ष श्रेष्ठले स्वस्थ जीवनका लागि सबैले योगाभ्यासलाई अपनाउनु पर्ने बताउँदै योग जीवनमा अपरिहार्यता रहेको चर्चा गरिन ।

कार्यक्रममा योग दिवसको महत्व र सरकारले मनाउँदै आएको विश्व योग दिवसका बारेमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव दीपक काफ्लेले जानकारी गराए । उनले राष्ट्रपति रामचन्द्र पौडेलले पठाएको शुभकामना सन्देश वाचन गरे ।

मूल कार्यक्रमअघि पेप्सीकोला, गठ्ठाघर, लोकन्थली र मध्यपुरथिमि चोकबाट बालग्रामसम्म प्रभातफेरी गरिएको थियो । सरकारका विशिष्ट पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि र योगाभ्यासकर्ता सहभागी कार्यक्रममा ओमकार योग आयुर्वेद गुरुकुलबाट स्वस्तिक वाचनका साथै योग प्रोटोकलको आधारमा ओगाभ्यास गरिएको थियो ।

सन् २०१४ को डिसेम्बर ११ मा संयुक्त राष्ट्रसङ्घको महासभाबाट योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस नेपालले हरेक वर्ष मनाउँदै आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x