Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘एसिया सहयोग संवाद’मा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ इरान जाने

‘एसिया सहयोग संवाद’मा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ इरान जाने


काठमाडौँ । एसिया सहयोग संवाद (एसिडी)का सदस्य राष्ट्रका विदेश मन्त्रीहरूको १९औँ बैठकमा भाग लिन उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ शनिबार इस्लामिक गणतन्त्र इरान प्रस्थान गर्ने भएका छन् ।

उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै इरानको राजधानी तेहरानमा सोमबार (असार १० गते) आयोजना हुने उक्त बैठकमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेको मन्त्रालयले जनाएको छ । उपप्रधानमन्त्री श्रेष्ठले बैठकका अवसरमा सदस्य राष्ट्रका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

मन्त्रिस्तरीय बैठक अघि यही असार ९ गते हुने एसिडीका वरिष्ठ अधिकारीहरूको बैठकमा मन्त्रालयको क्षेत्रीय सङ्गठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगरले भाग लिनेछन् । उपप्रधानमन्त्री श्रेष्ठ यही असार १२ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x