Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअरुण भ्याली हाइड्रोको सात प्रतिशत लाभांश

अरुण भ्याली हाइड्रोको सात प्रतिशत लाभांश


काठमाडौं, मंसिर ३०

अरुण भ्याली हाइड्रोपावर कम्पनीले सात दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट सात प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैंठकले गरेको उक्त निर्णय कम्पनीको यही पुुस २२ गते हुने २४औं वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि कम्पनीको यही पुुस एक गते सेयर दर्ता किताब हुनेछ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया