Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रधानमन्त्रीद्वारा बुद्धिजीवीलाई परिवर्तनका पक्षमा लेख्न र बोल्न आग्रह

प्रधानमन्त्रीद्वारा बुद्धिजीवीलाई परिवर्तनका पक्षमा लेख्न र बोल्न आग्रह


काठमाडौँ । नेपाल बुद्धिजीवी सङ्गठन छैटौँ राष्ट्रिय सम्मेलनको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत सूचना प्रवाह गरेर सर्वसाधारणलाई भ्रमित तुल्याउने र समाजमा नकारात्मक भाष्य सिर्जना गर्न खोज्नेले कहिल्यै पनि देश र जनतालाई माया नगर्ने बताएका छन् ।

प्रधानमन्त्री दाहालले सिर्जनात्मक र सकारात्मक सोचसहित जनतामा आशा प्रवाह गरेरमात्र समाजलाई सही दिशातर्फ लैजान सकिने बताए । उनले संसारभर जनतालाई कतापट्टि डोर्याउने भन्ने सवालमा बुद्धिजीवीको भूमिका निर्णायक हुने भएकाले त्यसतर्फ लाग्नुपर्नेमा जोड दिए ।

नेपालको राजनीतिक परिवर्तनमा बुद्धिजीवीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, “इतिहासमा योगदान गर्ने शक्तिहरूको पक्षमा सकारात्मक तवरले सन्देश प्रवाह हुनुपर्छ । सबै बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस् र डटेर लेख्नुहोस्, कुनै अप्ठ्यारो मान्नुपर्दैन ।”

प्रधानमन्त्री दाहालले बुद्धिजीवीको जिम्मेवारी समाजमा सकारात्मक भाष्य निर्माण गरेर आशाको सन्देश प्रवाह गर्नु रहेको बताए । क्रान्तिपछि भएका महत्वपूर्ण कामलाई नजरअन्दाज गरेर परिवर्तनविरोधी भाष्य निर्माण गर्न खोजिएको भन्दै उनले त्यस्ता गतिविधिको खुलेर विरोध गर्ने र प्रतिवाद गर्नुपर्ने आवश्यकता औँल्याए ।

प्रधानमन्त्री दाहालले बुद्धिजीवीले जनमतलाई समाजवादी दिशातर्फ डोर्याउन भूमिका खेल्नुपर्ने बताए । कार्यक्रममा प्रधानमन्त्री दाहालले बुद्धिजीवी सङ्गठनका पूर्वअध्यक्ष भण्डारी तथा सङ्गठनका पूर्वअध्यक्ष एवं फ्रयाक्सन इञ्चार्ज डा. खिमलाल देवकोटालाई सम्मान गरेका थिए ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x