Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमकवानपुरमा २ करोड ७१ लाख मुल्य बराबरको भेप बरामद

मकवानपुरमा २ करोड ७१ लाख मुल्य बराबरको भेप बरामद


हेटौडा ,बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त गस्तीले हेटौडा उपमहानगरपालिका-११ नवलपुरबाट बिहिबार साझ २ करोड ७१ लाख मुल्य बराबरको चाइनिज भेप सहित ५ जनालाइ पक्राउ गरेको छ। काठमाण्डौबाट हेटौडा हुदै भारत जान लागेको ना ६ ख ७१६३ नम्बरको बसबाट ५८ कार्टुन भेप र भेपको फेल्बर फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सिताराम रिजालले बताएका हुन्।

पक्राउ पर्नेहरुमा भिमेश्वर नगरपालिका २ का बस चालक ३७ बर्षिय सलाम मुक्तान ,सह चालक उदयपुर कटारीका २७ बर्षिय प्रबिन्द्र लामा ,नुवाकोट दुप्चेश्वर गाउपालिका -७ का ३९ बर्षिय इन्द्र बहादुर दर्जी ,सोहि ठाउ बस्ने ३० बर्षिय सन्तोष भुषाल र धनकुटा बेलाका नगरपालिका वडा नं -१६ का २९ बर्षिय राजकुमार हिमांग रहेका छन्। प्रहरीले बस सहित पक्राउ परेका पाच नै जनालाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी गरेको छ। उक्त भेप गंगबु बसपार्क माथि रमाइलो डाडाबाट लोड गरिएको प्रारम्भिक अनुसन्धानबाट बुझिएको एस पी रिजालले बताएका छन।उनले उक्त बस एक महिनाको लागि भारत भ्रमण गर्ने भन्दै भाडामा लिई यहि असार ५ गते मात्र भारतीय राजदुतावासबाट परमिट लिएको र बस यात्रु नभई भेप तस्करी कै लागि भाडामा लिएको देखिन आएको बताएका छन्।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x