Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभागबण्डामा राजदूत सिफारिस

भागबण्डामा राजदूत सिफारिस


काठमाडौं,सरकारले राजनीतिक भागबण्डामा आठ देशका लागि राजदूत सिफारिस गरेको छ । तीमध्ये लोकदर्शन रेग्मीलगायत पाँच जना एमालेको कोटामा राजदूत सिफारिस भएका छन् । त्यसरी सिफारिस हुनेहरुमध्ये भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, अमेरिकाको लागि पूर्वसचिव चन्द्र घिमिरे, दक्षिण कोरियाका लागि इन्सेकका निर्देशक सुशील प्याकुरेल, डेनमार्कका लागि पूर्वराजदूत सुम्निमा तुलाधर र मलेसियाका लागि पूर्वएनजीओकर्मी नेत्रप्रसाद तिमल्सिना छन् ।

भारतका लागि राजदूत सिफारिस भएका रेग्मी रुसमा अध्ययन गरेर फर्किएपछि कांग्रेसनिकट बनेर अवसर लुट्दै आएका र अहिले उतै फर्किएका व्याक्ति हुन् । सुशील कोइराला प्रधानमन्त्री हुँदा सल्लाहकार रहेका विजन पन्त अहिले माओवादी कोटामा बेलायतका लागि राजदूत सिफारिस भएका छन् । पार्टी गठनको विवादको टुंगो नलागेको जसपाको साउदी अरबका लागि अबुसुफ्यान खान र स्पेनका लागि पुष्पराज राजकर्णीकार राजदूत सिफारिस भएका छन् ।

दुईवटा राजदूतको कोटा पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले विवादका कारण नाम सिफारिस गर्न सकेको छैन । इजरायल, कतार र पोर्चुगलमा राजदूत सिफारिस गर्न बाँकी छ । अहिले माओवादी कोटामा चीनमा विष्णुपुकार श्रेष्ठ र श्रीलङ्ंकामा बासुदेव मिश्र राजदूत रहेका छन् । रुसमा मिलन तुलाधार र अस्टे«लियामा कैलाश पोख्रेल माधवकुमार नेपालको पार्टीको कोटामा राजदूत बनेका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x