Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारडा. हर्क गुरुङ उद्यान बनाउन १५ लाख प्रदान

डा. हर्क गुरुङ उद्यान बनाउन १५ लाख प्रदान


लमजुङ । भूगोलविद् एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. हर्क गुरुङ जन्मेको गाउँ मर्स्याङ्दी गाउँपालिका–७ मा उद्यान निर्माण गर्न १५ लाख प्रदान गरेको छ ।

शनिबार सोही पालिकाको ताङ्लीचोकस्थित डा. हर्कको समाधीस्थलमा उनको स्मृतिमा उद्यान निर्माण गर्न एक कार्यक्रम आयोजना गरी उक्त रकम बराबरको चेक समाजका अध्यक्ष दलबहादुर गुरुङले डा. हर्क गुरुङ प्रतिष्ठानका अध्यक्ष तिलबहादुर गुरुङलाई हस्तान्तरण गरे ।

समाजका अध्यक्ष गुरुङले चेक हस्तान्तरण गरेपछि प्रतिष्ठानका नाममा सन् २०२३ डिसेम्बर ११ मा बेलायतमा ‘च्यारिटी’ शो गरेर प्रतिष्ठानका लागि उक्त रकम सङ्कलन गरिएको बताए । अध्यक्ष गुरुङले उद्यान निर्माणका लागि १५ देखि २५ रोपनी जग्गा आवश्यक परेको बताए ।

प्रतिष्ठानका अनुसार बेलायतमा रहेको उक्त संस्थासहित चारवटा संस्थाबाट हालसम्म २७ लाख ५० हजार प्राप्त भएको छ । स्वदेश र विदेशबाट गरी हालसम्म ४० लाख सहयोग प्राप्त भएको छ ।

२०६३ साल असोज ७ गते शनिबार विश्व वन्यजन्तु कोषले आयोजना गरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर काठमाडौँ फर्कने क्रममा ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना हुँदा डा. गुरूङसहित २४ जनाको मृत्यु भएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x