Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचिनियाँ उपविदेशमन्त्री नेपालको तीनदिने औपचारिक भ्रमणमा

चिनियाँ उपविदेशमन्त्री नेपालको तीनदिने औपचारिक भ्रमणमा


काठमाडौँ । नेपालको तीनदिने औपचारिक भ्रमणका लागि जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ सोमबार बिहान यहाँ आइपुगेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपविदेशमन्त्री सुनलाई परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एसिया महाशाखाका प्रमुख कृष्णप्रसाद ढकालले स्वागत गरे । भ्रमणका क्रममा उनी यही असार ११ गते काठमाडौँमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल गरिने मन्त्रालयले जनाएको छ । परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने छिन भने प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारी सम्मिलित हुनेछन् ।

भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ उपविदेशमन्त्री सुनले छुट्टाछुट्टै शिष्टाचार भेटवार्तासमेत गर्ने कार्यक्रम रहेको छ । भ्रमण सम्पन्न गरी उपविदेशमन्त्री सुन असार १२ गते काठमाडौँबाट प्रस्थान हुनेछन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x