Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपोखरेल दुई दिनका लागि एआईजी !

पोखरेल दुई दिनका लागि एआईजी !


नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) षोषराज पोखरेललाई २ दिनका लागि अतिरिक्त्त महानिरीक्ष (एआईजी) बनाइने भएको छ । असार १९ गते एआईजी उमेशराज जोशी उमेर हदका कारण अनिवार्य अवकाश हुने भएपछि एक जना एआईजीको दरबन्दी रिक्त हुने भएकाले उक्त स्थानका लागि जोशीभन्दा दुई दिनपछि अवकाश हुने डीआईजी पोषराज पोखरेललाई सिफारिस गरिएको छ।आइतबार गृहसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले हाल ट्राफिक महाशाखा प्रमुख रहेका पोखरेललाई सिफारिस गरेको हो।

गृहमन्त्री रबी लामिछानेका कानुन व्यवसायी सुशील पन्तका आफन्त (भान्जा) रहेका पोखरेललाई एआईजी बनाउन बढुवा समितिमा दबाब दिएको आसंका गरिएको छ । समाचार स्रोतका अनुसार लामिछानेले उनलाई यसअघि वैशाखमै एआईजीमा बढुवाको प्रयास गरेका थिए। तर अन्तिम समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीको दबाबमा भीमप्रसाद ढकाललाई एआईजीमा बढुवा गरिएपछि पोखरेलको रोकिएको थियो।

गृहमन्त्री लामिछानेले त्यसअघि नै उमेशराज जोशीलाई भने एआईजीमा बढुवा गर्ने वचन दिइसकेका थिए। जोशी वरीयतामा पहिलो नम्बरमा पनि थिए। जोशी र ढकाललाई वैशाख २७ गते एआईजीमा बढुवा गरिएको थियो। जोशी आईजीपी वसन्तबहादु कुँवरकै ब्याची हुन् भने ढकाल एआईजी दीपक थापाका ब्याची हुन्। हाल बढुवा सिफारिस भएका पोखरेल पनि आईजीपी कुँवरकै ब्याची हुन्। यसअघि डीआईजी बढुवा गर्दा जुनियरलाई गरिएको भन्दै निर्णय विवादमा परेको थियो।

 

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x