Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारयस्ता छन् मन्त्रिपरिषदको बैठकले गरेका निर्णय

यस्ता छन् मन्त्रिपरिषदको बैठकले गरेका निर्णय


सरकारले निलम्बित मुख्य सचिव डा. वैकुण्ठ अर्यालको सरुवा गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी मुद्रण प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि निलम्बनमा परेका मुख्य सचिव अर्याललाई राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहको पद सिर्जना गरी सरुवा गरेको हो ।
बैठकले विभिन्न २१ वटा निर्णय गरेको छ । बैठकले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलरबराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । यसैगरी स्थानीय पूर्वाधार सहयोग कार्यक्रमअन्तर्गत कार्णाली प्रदेशमा भूकम्पको कारण भएको क्षतिको पुनर्निर्माण र पुनस्र्थापनाका लागि बेलायत सरकारबाट प्राप्त हुने थप आठ दशमलव एक मिलियन पाउन्ड स्टर्लिङबराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

बैठकले विद्युत् नियमन आयोगको रिक्त अध्यक्ष पदमा डा. रामप्रसाद धिताल तथा रिक्त दुई सदस्यमा डा. मधुसुधन अधिकारी र झमकप्रसाद शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक पदमा डा. राजेन्द्रप्रसाद यादवलाई नियुक्त गरेको छ । यसैगरी सरकारले असार १४ गतेदेखि २० गतेसम्म कोरियाको राजधानी सिओलमा हुने कार्यक्रममा सहभागी हुन युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठको वैदेशिक भ्रमण कार्यक्रम पनि स्वीकृत गरेको छ । यसबाहेक असार २७ गतेदेखि २९ गतेसम्म चीनको बेइजिङमा आयोजना हुने उच्चस्तरीय सम्मेलनमा अर्थमन्त्री वर्षमान पुनको भ्रमण स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ ।

यसबाहेक सरकारले नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक नियुक्तिको लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने, अष्टे«लियाको न्यु साउथ वेल्स राज्य कार्यक्षेत्र रहने गरी सञ्जिवकुमार शर्मा र भिक्टोरिया राज्य कार्यक्षेत्र रहने गरी निराजन गौलीलाई अवैतनिक महावाणिज्य दूत नियुक्त गर्ने निर्णय गरेको छ । यसैगरी नेपाल र चीनबीच द्विपक्षीय परामर्श संयन्त्रयको १६औँ बैठक २०८१ असार १० गतेदेखि १२ गते १२ गतेसम्म काठमाडौंमा गर्ने र उक्त बैठकमा भाग लिन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गरी उक्त बैठकको कार्यसूची स्वीकृत गर्ने समेतको निर्णय गरेको छ ।

सरकारले भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङको १५ श्ययाको अस्पतालको भवन निर्माण, यातायात व्यवस्था सेवा कार्यालय बर्दिवासको भवन निर्माण र सरावल गाउँपालिकाको वडा कार्यालय तथा प्रशासकीय भवन निर्माणको लागि सरकारी जग्गा उपलब्ध गराउने समेतको निर्णय गरेको छ । यसैगरी साझा प्रकाशन (सहकारी संस्था लि)को सञ्चालक समितिको सदस्य पदमा रमेशप्रसाद भट्टराईलाई तोक्ने, समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिमा उद्धव प्रसाद तिमिल्सिनालाई मनोनयन गर्ने निर्णय पनि सरकारले गरेको छ । यसैगरी धादिङ र गोरखा जिल्लामा रहेको श्री ५ को वायु गुठीको जग्गाहरुको अध्ययन गरी समस्या समाधानको लागि तीन महिनाभित्र राय सुझावसहितको प्रतिवेदन पेस गर्न पद्यमानिधि सोतीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय पनि सरकारले गरेको छ । सरकारले सालझण्डी सन्धिखर्क ढोरपाटन सडक योजनाअन्तर्गत पुर्कोट दह म्यालपोखरी सिर्सेनी सडक खण्डमा पर्ने गुल्मी जिल्लाको मदाने गाउँपालिका वडा नं २, ४ र ६ का घरटहराहरु क्षतिपूर्ति हटाउन स्वीकृति प्रदान गर्ने, महाकाली सिँचाइ आयोजना (तेस्रो चरण) मूल नहर निर्माण गर्ने निर्णय पनि गरेको छ । चौरीदेउराली गाउँपालिका काभ्रेपलाञ्चोकको प्रशासनिक भवन निर्माण र माथिल्लो म्याग्दी जलविद्युत् निर्माणको लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिने, प्रतिलिपी अधिकारसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने, पशु स्वास्थ तथा पशु सेवा नियमावली २०८१ स्वीकृत गर्ने र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने समेतको निर्णय पनि गरेको छ ।

पत्रसहित निर्णयहरु :

 


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x