Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘आन्तरिक मागको आधारमा विद्युत् निर्यात हुन्छ’

‘आन्तरिक मागको आधारमा विद्युत् निर्यात हुन्छ’


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आवश्यकताअनुसार विद्युत् निर्यात र आयात दुवै हुने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा आगामी आवको विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफमा उनले आवश्यकताअनुसार विद्युत् निर्यात र आयात नगर्ने हो भने वर्षात्मा उत्पादित विद्युत् बढी भएर खेर जाने र हिउँदमा विद्युत् आपूर्ति हुन नसक्ने स्थिति उत्पन्न हुने बताए ।

यस्तै, उनले विद्युत् मागको प्रक्षेपण, भौगोलिक सन्तुलन, ऊर्जा सुरक्षालगायतका विषयलाई मध्यनजर गर्दै आगामी १२ वर्षमा विद्युत् उत्पादन क्षमतालाई २८ हजार पाँच सय मेगावाट पुर्याउने लक्ष्य निर्धारण गरिएको बताए । देशमा हालसम्म विद्युत् उत्पादनको जडित क्षमता चालू आवमा चार सय ६३ मेगावाट थप भई करिब तीन हजार दुई सय ३० मेगावाट पुगेको उनले बताए । करिब ९८ प्रतिशत जनतामा विद्युत्को पहुँच पुगेको उल्लेख गर्दै उनले आगामी वर्षभित्र सबै नेपाली जनतामाझ भरपर्दो र गुणस्तरीय विद्युत् सेवाको पहुँच पु¥याउने जानकारी दिए । राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत् र सौर्य तथा वायुजस्ता नवीकरणीय ऊर्जा प्रविधिको विस्तार भइरहेको उनले बताए ।

यस्तै, उनले विद्युत् खपत बढाउन विद्युतीय सवारी साधन एवं विद्युतीय चुलोको प्रयोग बढाइ आयातित पेट्रोलियम पदार्थलाई स्वदेशमा उत्पादित विद्युत्बाट प्रतिस्थापन गर्दै लैजाने बताए । उनका अनुसार हाल प्रतिव्यक्ति वार्षिक विद्युत् खपत करिब चार सय युनिट रहेकोमा आगामी वर्ष उल्लेख्य मात्रामा वृद्धि गरिने छ । विद्युत्को माग समय, दिन, मौसमअनुसार फरक हुने भन्दै उनले यसरी फरक–फरक माग र आपूर्ति हुने अवस्थाले उत्पादित विद्युत् व्यवस्थापन नेपालको बजारमा मात्र पर्याप्त नहुने बताए । यस्तै, उनले आगामी आर्थिक वर्षमा करिब नौ सय मेगावाट विद्युत् प्रणालीमा थपिने उनले बताए ।

आगामी आवमा निर्माणाधीन रसुवागढी एक सय ११ मेगावाट, माथिल्लो साञ्जेन ४२ दशमलव पाँच मेगावाटमध्ये भोटेकोशी एक सय दुई मेगावाट र निजी लगानीबाट प्रवर्द्धित आयोजना सम्पन्न भई करिब नौ सय मेगावाट विद्युत् राष्ट्रिय विद्युत् प्रणालीमा थप हुने उनको भनाइ थियो । यस्तै, उनले नेपालमा बढी हुने विद्युत् छिमेकी मुलुकमा निर्यात गरी व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताए । उनका अनुसार हालसम्म करिब सात सय मेगावाट जलविद्युत् भारतीय बजारमा निर्यात र बिक्री गर्न स्वीकृति प्राप्त भएको छ भने करिब पाँच सय ५० मेगावाट बराबरको जलविद्युत् आयोजनाबाट विद्युत् निर्यात स्वीकृति प्राप्त हुने प्रक्रियामा छ । बङ्गलादेशमा पनि ४० मेगावाट विद्युत् निर्यातका लागि अन्तिम तयारी भइरहेको मन्त्री बस्नेतले जानकारी दिए ।

यस्तै, उनले हालसम्म प्रसारण लाइन ६६ केभी र त्यसभन्दा माथिका करिब छ हजार दुई सय १२ सर्किट किलोमिटर र वितरण लाइन ३३ केभी क्षमताका करिब सात हजार सात सय सात सय ५१ सर्किट किलोमिटर निर्माण सम्पन्न भइसकेको बताए । अन्तरदेशीय विद्युत् व्यापारका लागि उच्च भोल्टेजका प्रसारण लाइन निर्माण प्रक्रियालाई अगाडि बढाइएको उनले जानकारी दिए । हाल ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन सञ्चालनमा छ । यस्तै, न्यू बुटवल–गोरखपुर, इनरुवा–पूर्णिया र दोदोधारा–वरेली चार सय केभी प्रसारण लाइन निर्माण पूर्वका तयारीको काम जारी रहेको उनले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x