Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपार्टीको नेतृत्व लिन पाए नयाँ क्रान्तिकारी पुस्ता निर्माण गर्ने खनालको दाबी

पार्टीको नेतृत्व लिन पाए नयाँ क्रान्तिकारी पुस्ता निर्माण गर्ने खनालको दाबी


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अहिलेको अवस्थामा कम्युनिस्ट आन्दोलनको आवश्यकता र चाहनालाई ध्यानमा राख्दा पार्टीलाई क्रान्तिकारी कार्यदिशा, नीति, सिद्धान्तको दिशामा सबभन्दा पहिले रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले आफूले पार्टीको नेतृत्व लिन पाए नयाँ क्रान्तिकारी पुस्ता निर्माण गर्ने दाबी समेत गरेका छन् । ‘अहिले पार्टीसामु थुप्रै वैचारिक, राजनीतिक, सैद्धान्तिक र सङ्गठनात्मक चुनौती छन् । यी चुनौती सामना गर्न क्रान्तिकारी ढंगले अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’ उनले सामाजिक सन्जालमा लेखेका छन् । उनले आफूले आफ्नै ढंगले त्यो आवश्यकता पूर्तिका निम्ति भूमिका खेल्नुपर्ने देखिरहेको पनि बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x