Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाले ३० वर्षपछि गाउँ फर्किए गोपाल

कोरोनाले ३० वर्षपछि गाउँ फर्किए गोपाल


सोलुखुम्बु,असार ५

घर छाडेर हिडेको करिब ३० बर्ष पछि सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नमबर ३ का गोपाल नेपाली गाउँ फर्केका छन् । नेपाल रेडक्रस सोसाईटी र नेचासल्यान गाउँपालिकाको संयुक्त प्रयासमा ५० बर्षिय नेपालीलाई गाउँ ल्याईएको हो । वि.स २०४७ साल तीर घर छाडेको बताउँने नेपाली केही दिन अगाडी बिरगंज आएपछि प्रहरी मार्फत त्यहाँको स्थानीय सरकारले क्वारेण्टिनमा राखेको थियो ।

क्वारेण्टिनमा रहेकाहरुको पहिचान गर्ने क्रममा उनले सोलुखुम्बुको नेचा घर बताएका थिए भने उनको बुबाको मात्र नाम बताउन सक्ने भनिएको थियो । उनले पहिले आउन मन नलागेकाले नआएको बताए । अहिले बाध्यताले गर्दा आउनु परेको उनले बताए छन । आपूm धेरै पटक विरगन्ज सम्म आएर फर्किने गरेको उनले सुनाए । उनले आपूmले भारतको पञ्जाबमा कृषि पेशा गरेको बताएका छन ।

नेपाल रेडक्रस सोसाईटीको पारीवारीक सम्पर्क पुर्नस्थापना केन्द्र मार्फत उनको स्थायी ठेगाना पहिचान सुरु गरेको थियो । सामाजिक सञ्जाल मार्फत उनको फोटो पोष्ट गरेपछि पहिचान भएको र १४ दिन बिरगंजको क्वारेण्टिनमा बसेका नेपालीलाई जन्मस्थल नेचा ल्याईएको गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिए । लामो सयम देखि परिवारको सम्पर्कबाट टाढा रहेका नेपालीलाई बिरगंज बाट सोलुखुम्बु सम्म ल्याउन नेपाल रेडक्रस सोसाईटीले जिम्मा लिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा नेचाका सभापति रोहीत बास्ताला सहितको टोलिले उनको उद्धार गरि जिल्ला ल्याएपछि मंगलबार गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलालाई हस्तान्तरण गरिएको छ ।

अब गाउँपालिकाले निर्माण गरेको क्वारेण्टिनमा १४ दिन सम्म राखेपछि मात्रै परीवारको जिम्मा लगाईने गाउँपालिकाले जनाएको छ । उच्च जोखिमयुक्त क्षेत्रबाट आएका नेपालीको पिसिआर र आरडिटी रिपोर्ट नेगेटिभ आए पनि अनिवार्य १४ दिन क्वारेण्टिनमा राख्ने गाउँपालिका अध्यक्ष बास्तोलाको भनाई छ । गाउँघरमा व्यक्ति मध्ये भुपाल किराँतीको नाम लिन सक्ने गोपाल नेपालीले लामो समय पछि गाउँ आउन पाएकोमा खुशी व्यक्त गरे । उनले उद्धारमा खटिने नेपाल रेडक्रस र गाउँपालिकालाई धन्यवाद ब्यक्त गरे । उनले भारतको पञ्जाबमा खेतीकिसानी गर्दै आएको बताएका छन । अब नेपालमै बस्ने योजना रहेको उनले सुनाए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया