Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुन्दरीजल धाप ड्यामबाट उपत्यकामा पानी वितरण गरिने

सुन्दरीजल धाप ड्यामबाट उपत्यकामा पानी वितरण गरिने


काठमाडौं । मेलम्ची खानेपानी बन्द भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले सुन्दरीजल धापबाट बर्खाभरिका लागि पानी ल्याउने तयारी गरेको जनाएको छ । मेलम्चीको पानी बन्द भएपछि केयुकेएल र काठमाडौंस्थित सुन्दरीजलको धाप ड्यामबिच पानी ल्याउने सम्झौता भएको केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिएका छन् ।

राईका अनुसार केयुकेएल र सुन्दरीजलको धाप ड्यामबिच दैनिक चार करोड लिटर पानी धाप ड्यामबाट लिने सम्झौता भएको छ । उनले जमिन मुनिका पानीलाई वैकल्पिक स्रोतका रुपमा लिन सकिने बताए । खानेपानी वितरणको तालिका केही दिनभित्रै तयार हुने उनको भनाइ छ ।

मेलम्ची खानेपानी बन्द भएपछि सुन्दरीजल धाप ड्याम उपयुक्त वैकल्पिक स्रोतका रुपमा रहेको काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकारी सन्तोष बरालले बताए । सुख्खा याममा केयुकेएलले दैनिक दशदेखि ११ करोड लिटर र वर्खा याममा १५ देखि १७ करोड लिटर पानी वितरण गर्दै आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x